साझेदारी बहुउद्धेश्यीय सहकारी संस्थाको १३ औं साधारण सभा सुरु

आदर्श अनलाइन,बागलुङ

साझेदारी बहुउदेश्यीय सहकारी संस्था लिमिटेड बागलुङको १३ औँ वार्षिक साधारण सभा बुधवारदेखि बलेवाबाट सुरु भएको छ ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ को जोखिमलाई मध्यनजर गर्दै साझेदारीले क्षेत्रगत रुपमा साधारण सभा आयोजना गरेको हो ।

संस्थाले बागलुङ नगरपालकाका वडा नम्वर १२,१३ र १४ लाई लक्षित गरी आयोजना गरेका बलेवा क्षेत्रगत भेलाको उद्घाटन गर्दै संस्थाका शेयर सदस्य एवम् बागलुङ नगरपालिका १३ पैयुपाटाका अध्यक्ष नारायण शर्मा पौडेलले सहकारी मुनाफामा मात्र भन्दा सदस्यको सेवा र समृद्धिमा केन्द्रित हुनुपर्ने बताउनुभयो । ‘सहकारीहरु नाफा भन्दा पनि शेयर सदस्यहरुको सेवामा केन्द्रित हुनु जरुरी छ,’ अध्यक्ष पौडेलले भन्नुभयो, ‘साझेदारीको सुरुवात राम्रो छ, यसलाई विस्तार गर्नु जरुरी छ ।’

१० दिन सम्म चल्ने साधारण सभाको पहिलो दिन आयोजित बलेवा क्षेत्रगत भेलाको अवसरमा बलेवा क्षेत्रका ६३ जनाले संस्थाको सदस्यता लिनुभएको संस्थाका सचिव डिल्लीप्रसाद गौतमले बताउनुभयो । ‘हामीले शहरी क्षेत्रसंगै ग्रामिण क्षेत्रलाई पनि समेटेर लैजाने योजनासहित अघि बढेका छौ’ गौतमले भन्नुभयो,‘यसकै अभियान स्वरुप बलेवाबाट सुरुवात गरेका छौ ।’ छिट्टैनै बलेवा क्षेत्रमा साझेदारी बहुउदेश्यीय सहकारी संस्थाको सेवा केन्द्र स्थापना गर्ने गरी संस्था अघि बढेको गौतमको भनाई छ ।
साझेदारीको साधारण सभा आगामी पुस २२ गते सम्म संस्थाको कार्यालयमा प्रतिनिधिमुलक र अन्तिम सभा पौष २५ गते हुने संस्थाका प्रवन्धक त्रिलोचन रिजालले जानकारी दिनुभयो ।

२०६४ सालमा स्थापना भएको संस्थामा ९२२ शेयर सदस्य तथा शेयर पुजी ३ करोड १४ लाख रहेको संस्थाले जनाएको छ । संस्थाले चालु अर्थिक बर्षमा दुई हजार पाँच सय शेयर बृद्धि गर्ने लक्ष लिएको संस्थाले गत आव मा ५९ करोड, ७१ लाख रुपैया बरावरको कारोबार गरेको छ । चालु आर्थिक बर्षमा २ अर्व ६९ करोडको ५० लाखको आर्थिक कारोवार गर्ने संस्थाले लक्ष लिएको छ । यस्तै संस्थाले शेयर सदस्यता एवं शेयर पुँजीमा वृद्धि, बचत वृद्धि, ऋण लगानी, सामाजिक सुरक्षा कोष, सहकारी शिक्षा तथा तालिम, सामाजिक सेवा, अध्ययन एवं अवलोकन भ्रमण, सम्मान एवं पुरस्कार र कारोबारका आधारमा मुनाफा वितरण लगाएका कार्य गर्दै आएको छ ।

कार्यक्रममा संस्थाका शेयर सदस्य एवम् बा.न.पा. १४ का वडा सदस्य नारायण श्रेष्ठ, कल्याणकारी बहुउदेश्यीय सहकारी संस्थाका सल्लाहकार इश्वर ठाकुर पौडेल, निलगिरी बचत तथा ऋण सहकारी संस्थाका लेखा समिति संयोजक गोविन्द बहादुर पौडेल ‘गोपाल’ लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो । संस्थाका अध्यक्ष हरिप्रसाद गौतमको अध्यक्षता, उपाध्यक्ष तेजप्रसाद शर्माको स्वागत मन्तव्य र संस्थाका सचिव डिल्ली प्रसाद गौतमले संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *