काठेखोला गाउँपालिकामा पहिलोपटक सडक कालोपत्रे शुरु


आदर्श अनलाइन, बागलुङ

गाउँपालिकामा पहिलोपटक सडक कालोपत्रे शुरु भएको छ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाभर पहिलोट रेश जाने सडकको अहिले धमाधम कालोपत्रे भइरहेको हो । स्थानीय तह आइसकेपछि गाउँपालिकाले धेरै सडक स्तरोन्नती गरेको भएपनि कालोपत्रेको काम काठेखोला गाउँपालिका–७ रेश पुग्ने सडक कालोपत्रे गर्न थालिएको छ ।

उक्त सडकमा गाउँपालिकाकै सबैभन्दा ठूलो गौरबको आयोजना समेत सञ्चालनमा रहेको छ । गाउँपालिकाको केन्द्र देखि वडा कार्यालय पुग्ने सडक कालोपत्रे गर्ने योजना अनुसार पहिलोपटक रेश जाने सडक कालोपत्रे गरिएको गाउँपालिकाका अध्यक्ष अमर थापाले बताउनुभयो । गाउँपालिकाको केन्द्र बाट वडा नम्बर ७ रेश पुग्ने सडक पहिलोचरणमा ४०० मिटर सडक कालोपत्रे भइरहेको र थप चार किलोमिटर सडक कालोपत्रेका लागि धमाधम पूर्वाधार निर्माणको काम भइरहेको थापाको भनाई रहेको छ ।

“एक हप्ता भित्रै कालोपत्रेको पहिलोचरणको काम सकिन्छ, गाउँपालिकामा पहिलोपटक सडक कालोपत्रे हुनु खुसीको कुरा हो”अध्यक्ष थापाले भन्नुभयो “कालोपत्रे सडकभन्दा माथी चार किलोमिटर सडक कालोपत्रेका लागि चार महिनादेखि धमाधम पूर्वाधारको काम भइरहेको छ ।” गण्डकी प्रदेश सरकारको रु. ८० लाखमा पहिलो चरणमा सडक कालोपत्रे भइरहेको छ ।

संघीय सरकार र स्थानीय सरकारको समपुरक बजेटमा संघीय सरकारको ६० प्रतिशत र स्थानीय सरकार काठेखोला गाउँपालिकाको ४० प्रतिशत बजेटमा रेश पुग्ने सडक एक्लेफाँट रेश खोलाबाट चार किलोमिटर सडक कालोपत्रेका लागि समेत पूर्वाधार निर्माण भइरहेको काठेखोला गाउँपालिका–७ रेशका वडा अध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो । लामिछानेका अनुसार आफ्नो कार्यकालमा कम्तिमा वडा कार्यालय सम्म सडक कालोपत्रे गर्ने योजना रहेको छ ।

रु. ६ करोड ७१ लाख ४५ हजार ५९८ लागतमा चार किलोमिटर सडकको पाँच महिना अगाडी जोसी÷निसान÷आचार्य जेभी निर्माण सेवा संग ठेक्का सम्झौता गरी निर्माण अगाडी बढाइएको छ । रेशपुग्ने गरी कालोपत्रे गर्न थालिएको दोस्रो चरणको कालोपत्रे भने २०७९ जेठ २६ सम्म कालोपत्रे भइसक्नुपर्ने छ । अहिले एक्लेखेत देखि जिरेदी सम्म सडक चौडा पार्ने, ज्याविन चिन्ने जस्ता कार्य भइरहेको छ । रेश जाने सडक रेश खोलामा पक्की पुल नहुँदा वर्खाका यातयातका साधन चल्न नसक्ने समस्यालाई मध्यनजर गर्दै गत वर्ष देखि मोटरेबल पुल समेत निर्माण थालिएको छ ।

गाउँपालिकाका अनुसार उक्त सडकलाई गाउँपालिकाको गौरवको सडकका रुपमा लिइएको छ । ४ किलोमिटर, ड्रेन, कल्र्भट, पर्खाल लगायतका संरचना निर्माण भइरहेको छ । उक्त सडक ६ मिटरको चौडाई हुनेछ । रेश जाने सडक झण्डै साढेचार किलोमिटर कालोपत्रे हुने र खोलामा मोटरेबल पुल जस्ता विकास निर्माण हुँदा स्थानीयहरु उत्साहित भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *