सितारामको जीवनी र विवाह प्रथा

भूमीराज गैरे

यो पंक्तिकारले कलम चलाउने क्रममा सितारामको विवाह शिव धनु उठाउने र बाण हान्दा भाँचिने घटनाबाट गुरु बशिष्ठको सहजीकरणले हुन पुग्यो । तिनीहरुको नाम नक्षत्रबाट पर्न गएको ज्योतिषीय योगको बारेमा अगाडिको लेखमा केही चर्चाहरु गरिएको छ भने बाँकी यहाँ प्रस्तुत गरिदैछ ।

त्यति बेला सितारामको साथ साथै रामका अरु ३ वटै भाइहरुको विवाह पनि जनक राजाका भाइहरुका छोरीहरुका साथमा भएको कुरा पूराणहरुमा उल्लेख भएको पाइन्छ । अयोध्याका राजा दशरथको दरबारमा अब साक्षात लक्ष्मीनारायणको बास भै रहेको छ । राजा खुसी नै रहेका छन् । प्रजाहरु पनि आनान्दमा नै रम्न थालेका छन् । राजकाज रामै्र सँग चलिरहेको थियो । सुदिन र कुदिन भन्ने कुरा राजादेखि रैतीसम्म सबैलाई आइपर्ने कुराहरु नै हुन् । राजा दशरथले अब रामलाई राज्य सुम्पेर आफू तपस्या गर्न वन तिर लाग्ने सोच राखिरहेको अबस्थामा एक दिन माहिली महारानी कैकेयीका साथ राजकीय शेयर गरिरहेको मौका पारी रानी कैकेयीद्धारा राजाबाट पाउनु पर्ने ३ वटा वर मध्ये १ वटा बाँकी रहेकाले त्यो वर दिनु पर्ने कुरा राजासँग जाहेर हुन्छ । त्यो वर के थियो भने कैकेयीका तर्फबाट जन्मेका माइला छोरा भरतलाई राजगद्दी सुम्पने र रामलाई वनबासमा पठाउने थियो । यसरी यस प्रकारको उर्दी माइली महारानीबाट भए पछि राजा दशरथलाई बडो धर्म संकट आइपर्छ । आफ्नो छोरालाई कसरी वनमा जाँउ भन्ने राजा चिन्ताले बेहोस भई भूमीमा लड्ने अवस्थामा पुगेको समयमा राम टुपुक्क आई पुगी पिताजी महातारीको इच्छा बमोजिम म वनमा नै जान्छु हजुरले भाई भरतलाई राजकाजको जिम्मेवारी स्ुम्पनुहोस् भन्ने आज्ञा हुन्छ । रामका साथमा सिताजी र भाई लक्ष्मण पनि सँगै जाने निर्णाय हुन्छ । र भरतलाइ राजगद्दि सुम्पने निर्णय हुन्छ ।

यसरी राम लक्ष्मण र सिता वनमा जानको लागि साइत गरि बाटो लागि केही पर सम्म पुगेको अबस्थामा भरतजीले थाहा पाई दाजु भाउजु र भाइ लक्ष्मणलाई फर्काउन भनेर बाटो सम्म पुग्दा रामबाट इन्कार गरी वनमा जानु पर्ने आफ्नो दायित्व र कर्तव्य भएको माता पिताको वार्तालाप त तत्कालिन कारण यस्तो देखिन पुगेको यथार्थता जाहेर भएपछि आफूले पुजा गरि राख्नका लागि एक जोर जुत्ता मागि फर्किएको र राजगद्दी दाजु रामचन्द्रका जुत्ता राखि आफुले प्रतिनिधीको रुपमा राज्य चलाउने अठोट गरी दरबारमा आएको प्रसंग पूराणहरुमा पाइन्छ ।

लक्ष्मीनारायणका प्रतिक छोरा बुहारी सितारामलाई वनतर्फ पठाउनु परेको बाध्यताहरुका अवस्थाबाट दिन प्रतिदिन चिन्तित हँुदै राजा दशरथको पनि स्वर्गारोहण भएको कुरा पनि पुराणहरुमा उल्लेख गरिएको छ । उता वनमा गएका राम लक्ष्मण र सिताजीलाई विभिन्न प्रकारका बाघ, भालू, बाँदर लगायतका वन्यजन्तु र भूतप्रेतहरुले समेत सताउने गरिरहेको र ती सबै समस्याहरुलाई आपसी वार्तालापको माध्यमबाट आफन्त बनाउने र तिनीहरुबाटै उल्टै सहयोग आफूले लिने गरेको रामचन्द्रको बुद्दिमतापूर्ण पुरुषार्थ प्रस्तुतीकरण पुराणहरुमा भएको छ । वनका दिनहरु भए पनि राम्रै सँग चलिरहेको बेलामा लेकाको राजा रावणले सिता माथि शिकार गर्न गएको अवस्थामा बासस्थानमा भाई लक्ष्मण म त मरे भन्ने आवाज आउनु सिताजीले भाई लक्ष्मण प्रति शंकाको दृष्टिले हेरिनु यी सबै आ—आफ्ना दिन दशाको कारणले भएको कुरा यहाँ प्रस्तुत गरिएको राम र रावणको जन्म कुण्डली एवम् सिताजीको महादशा चक्रबाट ज्योतिषीय योग पर्न गएको ज्योतिषीय अनुसन्धान देखिन्छ ।

यसरी यस पंक्तिकारले सिताजीको जन्मकुण्डली भने आज सम्मको अध्ययनबाट कहि कतै भेटिएको छैन । माथि उल्लेखित राम र रावणको जन्म कुण्डलीय तुलानात्मक अध्ययन गर्दा परस्पर प्रतिस्पर्धात्मक महापुरुष योग परेको छ । रामको लगन भावमा चन्द्रमा स्वगृही भई वनस्पतिका साथमा रहनाले र राजकाज सम्हाल्ने २४,२५ वर्षको उमेरमा महादशा चक्रमा राहुको छोड्दा र वृहस्पतिको लाग्दो दशा देखिएबाट विदेश जान र अनेक दुःख कष्ट आईपर्ने योग देखाउँछ भने रावणको पनि लग्न भावमा शत्रुको घरमा चन्द्रमा र शनिस्वर रहन गएकाले बुद्दि भ्रष्ट भई सिता प्रति कु–दृष्टि पर्न जानु राज्यको मोहले भ्रष्ट बन्दै जानु, राज्यस्थानमा चन्द्रमाको घरमा वृहस्पति रहनाले मानवेत्तर व्यक्ति हनुमानबाट लडाईमा मरण हुन पुग्नु ज्योतिषीय कारण तत्व देखिन्छ ।

रामको पति राज्यस्थानको मालिक मंगल सातौ स्थानमा भित्र गृहि भएर रहनाले सिताको खोजी गर्ने क्रममा हनुमान बाँदरको फौजसँग मित्रता गर्न सफल हुनु र लंका विजयी गरि सितालाई पुनः फर्काइ ल्याउन सफल हुनु जन्म कुण्डली सतहगत अध्ययनले रामको र रावणको नाम नक्षत्रका उस्तै उस्तै देखिए पनि बास्तविक सिता अग्नी भित्र लुकेकी छिन् भन्ने प्रसंग पुराणहरुमा पाइएबाट के बुझ्न सकिन्छ भने सिता भवितव्यमा परेर मात्र रावणको कव्जामा जानुपरेको अन्तरआत्माले नै रामचन्द्रलाई नै चाहेको कुरा शिवधनु सिताले उठाउनु र रामले प्रयोग गर्न योद्दा भाँचिनुको पनि पुष्टि गर्दछ । यता रामको पनि सिता प्रतिको पुर्ण विश्वास भै बाँदरको फौजहरु जम्मा गरि रावणसँग युद्द गरि सितालाई फर्काउन लगाइएको चौध वर्ष सम्म दुखद वनवास भुक्तान गरि फेरि अयोध्या नगरिमा फर्की आफ्नै प्रतिधिधी भई भरतद्घारा सम्हालिएको राज्य आफ्नो हातमा लिई वास्तविक राम राज्यको नमुना राज्य संचालन गरिरहेको बेलामा एउटा गुणस्तर सिपाहीद्घारा प्रस्तुत ध्वनिबाट भएको टीका टिप्पणीको आधारमा कुनै पनि छानविन नै नगरि गर्भवती भईरहेको सितालाई त्यागी वनमा लगि छोड्नु, सितालाई पनि भाग्यले वाल्मिकी ऋषिको आश्रम प्राप्त हुनु ऋषिकै आश्रममा सुत्केरी समेत भई लव र कुश नामक २ वटा पुत्रासन जन्मनु, तिनीहरु पनि शुक्ला पश्चिम चन्द्रमामा बढ्ददै गर्दा राजकीय विधाले पुर्ण हुन पछि रामलाई अश्वमेन्ध यज्ञ गर्नको लागि सबै छिमेकी राज्यबाट सहयोग र समर्थन पाइए पछि तिनै आफ्नै पुत्र लव कुशबाट नपाउनु ठुलो लडाई पर्नु राजा स्वयम् युद्ध स्थालमा उपस्थित भई सोधपुछ गर्दा आफ्नै छोराहरु भएको अवगत भएपछि दुबै तर्फबाट हतियार बिहायी सिता र लब कुशका साथ राम दरवार तर्फ लाग्नु आटेको अश्वमेन्ध यही सफल पार्नु यी सबै पारिवारिक समस्या देखिएको ज्योतिषीय कारणहरु मध्ये रामको चित्रा नक्षत्र र तुला राशी सिताको शतभिषा नक्षत्र र कुम्भ राशी पर्न गई एकापसमा तुला देखि कुम्भ सम्म राशीको अन्तर र कुम्भ देखि तुला सम्म ९ राशीको अन्तर नवपञ्चक योग पर्न गएकाले पछिल्लो पारिवारिक समस्या पर्न पुगेको प्रतित हुन्छ ।

यसरी समग्रमा सामाजिक व्यवहारिक दृष्टिकोणले राम रावणले एक सफल राम राज्य सञ्चालन गर्दै गर्दा विभिन्न हण्डरहरु भोग्नुपरे पनि सितालाई विवाह गरी सके पछि आफ्नै बुद्दिको प्रयोग गरी पारिवारीक संरक्षकको हैसियतले एक सफल गृहणीको मुद्धाहरुबाट नै हिन्दु समाजमा प्रचलित अन्य विवाहरुको तुलनामा यही मागी विवाह उत्तम मानि बिभिन्न विधि पद्धतिहरुको विकास भई यही मागी विवाहको परम्परा चल्दै आए पछि माइती पक्षबाट छोरी ज्वाईलाई वास्तविक लागि नारायणको प्रतिकको रुपमा पुज्दै आएको प्रचलन बिभिन्न पुराणहरुमा उल्लेख भएको पाइन्छ । तर वर्तमान समयमा यो प्रमाण बिभिन्न उतार चढावहरु आइरहेको, बिभिन्न विकृति र विसंगतिहरु पनि बढ्दै गइरहेको बिभिन्न विकृति विसंगतिहरु पनि बढ्दै गइरहेको परिप्रेक्ष्यमा यस पंक्तिकारले आफू भन्दा अग्रज गुरुजनहरुसँग थप सुझाव लिएर आगामी दिन थप लेख मार्फत प्रस्ट्याउने प्रयास गर्नेछु ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *