आदर्श अनलाइन, बागलुङ
पूर्व प्रधानन्यायाधीस कल्याण श्रेष्ठले विद्यालय राजनीति गर्ने थलो नभएर गुणस्तरीय शिक्षा प्रदान गर्ने थलो भएको बताउनुभएको छ ।
शुक्रबार बागलुङ बजार स्थित धौलागिरीकै पुरानो विद्यालय विद्यामन्दिर माध्यामिक विद्यालयले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै श्रेष्ठले विद्यालयमा गुणस्तरीय शिक्षाका लागि शिक्षक, विद्यार्थी तथा अभिभावकको समन्वय आवश्यक रहेको बताउनुभयाे ।
उहाँले राजनीति गर्ने थलोका रुपमा विद्यालयललाई लिइदा गुणस्तरीय शिक्षा प्रदान गर्न समस्या भएको भन्दै विशुद्ध सामाजिक भावनाले विद्यालयको विकास गर्न आवश्यक रहेको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभाबाट बागलुङमा जन्मेर वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएका चन्द्रप्रसाद ढकाललाई सम्मान गर्ने कार्यक्रममा बोल्दै पूर्व प्रधानन्यायाधीस श्रेष्ठले सामुदायिक विद्यालयबाट अध्ययन गरेका विद्यार्थी राज्यको उच्च ओहोदामा पुगेको बताउदै सामुदायिक विद्यालयको सुधारका लागि समुदायनै चासोका साथ लाग्नु पर्ने उहाँको भनाई हरेको छ ।
ढकालले विद्यालयको पुननिर्माणका लागि रु. १२ लाख ५० हजार समेत सहयोग गरिसक्नुभएको विद्यालयले जनाएको छ ।
“सामुदायिक विद्यालय पनि कम छैनन् भन्ने उदारण दिन आवश्यक छ” विद्यामन्दिर माध्यामिक विद्यालयको पूर्व विद्यार्थी समेत रहनुभएका श्रेष्ठले भन्नुभयो “मलाई प्रधानन्यायाधिस बनाउन विद्यालयको भूमिका छ, मलाई प्रधानन्यायधिस भन्दा यहाँको पूर्व विद्यार्थी हुँनुमा गौरव छ ।”
बागलुङको बलेवामा जन्मेर नीजि क्षेत्रको बरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको भन्दै विद्यालयले सम्मान गरेको हो ।