बुर्तिबाङमा ‘बोलमाया’ले स्तब्ध, ‘गलबन्दी’ले नचाँयो

आदर्श अनलाइन, बागलुङ
जिल्लाका धेरै भेगमा यस समयमा मेला, उत्सव आयोजना भईरहन्छन् । तर, जिल्लाको पश्चिम बुर्तिबाङ बजारमा सञ्चालन हुने मेलाको उपस्थिति, उत्साह र रौनकता छुट्टै हुन्छ । जहाँ पुग्दा मेलाको फरक अनुभूति हुन्छ ।

स्थानीय बुर्तिबाङ राइजिङ युवा क्लबको आयोजनामा हरेक बर्ष भव्य हुने मेलामा यस पटक अहिलेका चर्चित कलाकार जोडी प्रकाश सपुत र शान्ति श्री परियारको उपस्थितिले अझ रौनकता थप्यो ।

यो सिजनका प्रायशः कार्यक्रममा छुट्टा छुट्टै पुग्ने गरेका सपुत र शान्तिका जोडीको उपस्थिति कम संयोग मध्येको एक थियो । जहाँ दुवैले संयुक्त रुपमा अघिल्लो बर्षको आँफ्ना चर्चित गीत ‘बोल माया’बाट कार्यक्रममा सहभागी सयौं दर्शकलाई स्तब्ध बनाए । ‘अधिकाशं बुढापाकाको आँखामा आँशु देखिन्थ्यो, अधिक युवतिहरुको आँखामा आँशु टलपल टलपल भइरहेको थियो,’ आयोजक संस्थाका अध्यक्ष सोम पौवीले भने भने,‘मञ्चमा बसेका अतिथीहरुमा पनि अनुहारमा भावुकता र केही समय सन्नाटा छाएको थियो ।’

त्यसपछि सपुतले दशैंसँग सम्बन्धित गीत चरर,बरर, लुरुरु हुरुरु, माकुर माकुर घुर गाए । शान्तिले पनि आँफ्ना एकल तथा अन्य स्वरवद्ध गीत क्रमशः प्रस्तुत गरे । फेरी दुवैले यस बर्ष सर्वाधिक रुचाइएको गलबन्दी बोलको गीत गाउँदा माहोल उतिखेरै फेरियो । मेलामा आएका दर्शक अधिकाशं नाँचेर रमाए । नाँच्न नजान्ने या ननाँच्नेहरु ताली हानेर, हेरेरै रमाए । गायक सपुत र शान्ति सँगै चर्चित कलाकार बिष्णु खत्रीले पनि मध्यरात सम्म दर्शकलाई नँचाए । खत्रीले आँफ्ना पुराना गीतदेखि दशैका नयाँ र पञ्चेबाजाका गीत प्रस्तुत गरेका थिए ।
तस्बिरः बुर्तिबाङमा आयोजित मेलामा गीत प्रस्तुत गर्दै गायक प्रकाश सपुत र शान्ति श्री ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *