बाघले मोटरसाइकलबाटै झम्टिएर लगेको महिलाको शव भेटियो

आदर्श अनलाइन,कैलाली

कैलालीको लम्किचुहा नगरपालिका वडा नं. ४ कौवापुरकी ५० वर्षीया नन्दकली थापाको शव फेला परेको छ।

थापालाई गएराति बर्दिया राष्ट्रिय निकुञ्जको बाघले मोटरसाइकलबाटै झम्टिएर लगेको थियो।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र खड्काले शनिबार मध्यान्ह १२ बजेतिर थापाको शव घटनास्थलनजिकै फेला परेको सेतोपाटीलाई बताए।

‘घटनास्थलभन्दा तीन सय मिटर दक्षिण पश्चिमा उहाँको शव फेला परेको छ,’ डिएसपी खड्काले भने, ‘बाघले अनुहार र दुबै पिडौला खाएको छ। देब्रे खुट्टा शरीरदेखि अलग गरेको अवस्थामा शव फेला परेको छ।’

दष्मज बिद दयह बम छकबलष्mब दयह बम द्ध
शुक्रबार राति पूर्व बाँकेको कोहलपुरबाट पश्चिम कैलालीस्थित घर जान लागेका आमा छोरा सवार मोटरसाइकलमा बाघले झम्टिएर थापालाई घिसार्दै जंगलमा लगेको थियो।

मोटरसाइकल उनका छोरा २२ वर्षीय सन्तोष थापाले चलाएका थिए।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्रबार राति दश बजेतिर पूर्वबाट पश्चिम जाँदै गरेको सु।प।प १००८ प। ६८०१ नम्बरको मोटरसाइकलको पछाडि सवार सन्तोषकी आमा नन्दकली सवार थिइन्।

छोरा सन्तोषले मोटरसाइकल अलि स्लो भएको समयमा बाघले आमालाई झम्टिएर मोटरसाइकलबाटै लगेको प्रहरी समक्ष बताएका छन्।

लअभिि ष्ल
बाघको आक्रमणबाट मोटरसाइकल ढलेको र पछि आफूले निकुञ्जका सुरक्षाकर्मीलाई खबर गरेको सन्तोषले प्रहरीलाई भनेका छन्।

घटनास्थल पूर्वपश्चिम राजमार्ग अन्तर्गत निकुञ्ज भित्रपर्ने नेपाली सेनाको अम्रेनी चेकपोष्ट भन्दा करिब ५र६ किलोमिटर पश्चिममा रहेको जिल्ला प्रहरी प्रवक्ता खड्काले जानकारी दिए।

बाघले मोटरसाइकलमा झम्टिएर मानिस बेपत्ता पारेपछि निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना हात्तीबाट खोजीमा निस्केको भए पनि फेला पार्न सकेको थिएन।

शनिबार बिहानैदेखि थापाको खोजीका लागि नेपाली सेनाको टोली, नेपाल प्रहरीको टोली र निकुञ्जको टोली खोजीमा खटिएपछि थापाको शव बाघले खाएको अवस्थामा फेला परेको डिएसपी खड्काले बताए।

बाघले गुडिरहेको मोटरसाइकलमा झम्टिएर मानिस मारेको यस्तो घटना हालसम्म नेपालमा सुनिएको थिएन।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *