बागलुङका पत्रकारद्धय राजभण्डारी र पौडेललाई दुई छुट्टाछुट्टै पुरस्कार

आदर्श अनलाइन,बागलुङ

बागलुङ जिल्लामा क्रियाशिल दुई पत्रकार पुरस्कृत भएका छन् ।

बागलुङ उद्योग वाणिज्य संघले स्थापना गरेको ‘आर्थिक पत्रकारिता पुरस्कार’ नयाँ विश्व अनलाइनका सम्पादक मुकेशचन्द्र राजभण्डारीलाई प्रदान गरिएको छ । संघको ५७ औँ साधारणसभामा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रूपमा नगद ११ हजार १ सय ११ राशी सहित पुरस्कार राजभण्डारीलाई प्रदान गरेका थिए

आर्थिक पत्रकारिता पुरस्कार ग्रहण गर्दै पत्रकार राजभण्डारी

पुरस्कारका लागि सङ्घले गत वर्ष पुसमा सञ्चालित बागलुङ महोत्सवमा बचत भएको रकमबाट रु दुई लाख २२ हजार २२२ को अक्षयकोष स्थापना गरेको थियो । आर्थिक विषयमा कलम चलाउने पत्रकारलाई बर्सेनि पुरस्कृत गरिने संघका महासचिव नरेश कँडेलले जानकारी दिए ।

यसैगरी, सिम्रिक कृषि तथा पशु व्यवसायीक सहकारी संस्था लिमिटेड बागलुङले स्थापना गरेको ‘कृषि पत्रकारीता पुरस्कार’ गोरखापत्र दैनिकका गण्डकी प्रदेश संयोजक चन्द्रप्रकाश शर्मा ‘गणेश’लाई प्रदान गरिएको छ । सहकारीले आफ्नो साधारणसभाका अबसरमा शनिवार उक्त पुरस्कार समर्पण गरेको हो ।

सिम्रिक कृषि पत्रकारिता पुरस्कार ग्रहण गर्दै पत्रकार पौडेल

जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतमले उनलाई एक हजार पाँच सय रुपैयाँ नगद सहित दोसल्ला ओडाएर सम्मान गरे । सहकारीले कृषि क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई हरेक बर्ष पुरस्कृत गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *