लेखानीका विद्यार्थीलाई लायन्स पिस टाउनद्वारा न्यानो कपडा र स्टेशनरी

आदर्श अनलाइन, बागलुङ

लायन्स क्लब अफ बागलुङ पिस टाउनले लेखानीका विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री बितरण गरेको छ ।

काठेखोला गाउँपालिका ८ लेखानी स्थित काशिराम प्राविमा अध्ययनरत ४३ जना विद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेशनरी प्रदान गरिएको हो ।

न्यानो कपडा र शैक्षिक सामग्री हस्तान्तरण पछि विद्यार्थीहरु सामुहिक तस्बिर खिचाउँदै

विद्यालयमा आयोजित एक कार्यक्रममा लायन्स क्लब डिस्ट्रिक ३२५ बिवानका जोन चियर पर्सन गोविन्दबहादुर पौडेलले कपडा तथा शैक्षिक सामग्री हस्तान्तरण गर्नुभयो । सामग्री हस्तान्तरण गर्दै पौडेलले क्लबलले सामाजिक उत्तरदायित्व स्वरुप बिभिन्न परोपकारी र सामाजिक गतिविधि गर्दै आएको बताउनुभयो ।

काशिराम प्राविका विद्यार्थीलाई ४३ थान न्यानो स्विटर, टोपी, कापी, कलम,मास्क लगायतका सामग्री प्रदान गरिएको लायन्स क्लब अफ बागलुङ पिस टाउनकी सचिव देवी कार्कीले जानकारी दिनुभयो ।

न्यानो कपडा र शैक्षिक सामग्री हस्तान्तरणका क्रममा लायन्सकर्मी ।

कार्यक्रममा काठेखोला गाउँपालिका ८ का वडा अध्यक्ष चित्रकला श्रीस,क्लबका संस्थापक अध्यक्ष सनिशा घर्ति, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिप्रसाद पुन, काशिराम प्राविका प्रधानाध्यापक दिलबहादुर काउचा, सहसचिव सिता पुनले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम लायन्स क्लब अफ बागलुङ पिस टाउनका अध्यक्ष राममाया घिमिरको अध्यक्षता, प्रथम उपाध्यक्ष लक्ष्मी पन्तको स्वागत मन्तव्य र सचिव देवी कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो । क्लबले अन्य स्थानमा पनि बिभिन्न सामाजिक सहयोग गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *