पत्रकार महासंघ बागलुङद्धारा आधुनिक सूचना केन्द्र स्थापना

तस्बिर सौजन्यः अर्जुन कार्की

आदर्श अनलाइन,बागलुङ

नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आधुनिक सूचना केन्द्र स्थापना गरेको छ ।

महासंघको अगुवाईमा प्रभु बैंकसँगको सहकार्यमा ५ लाख बढिको लगानीमा आधुनिक सूचना केन्द्र सञ्चालन गरेको हो ।

तस्बिर सौजन्यः अर्जुन कार्की

गत मंसिरमा मात्रै ‘हामी सबैको रहर, पत्रकार महासंघ बागलुङको घर’ अभियान मार्फत सुुविधा सम्पन्न भवन निर्माण गरेको महासंघले सोही भवनमा बहुउद्धेश्यीय आधुनिक सूचना केन्द्र स्थापना गरेको हो । केन्द्रको प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनले उद्घाटन गर्नुभयो । उद्घाटन पछि बोल्दै सिइओ शेरचनले सूचना केन्द्र अहिलेको समय र समाजका लागि अपरिहार्य भएको बताउनुभयो । उहाँले अब सदरमुकाम बाहिर गलकोट, बुर्तिबाङ, जैमिनी र बरेङमा पनि सूचना केन्द्र निर्माण गर्नुपर्ने र यसमा बैंकले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

तस्बिर सौजन्यः अर्जुन कार्की

सूचना केन्द्रमा हाल १० वटा कम्प्युटर सञ्चालनमा छन् । यसमा बिद्युतीय पुस्तकालय पनि बनाउने लक्ष्य राखेको छ । साथै पत्रकारका लागि आवश्यक सन्दर्भ सामाग्रीको रुपमा चाहिने र अन्य राष्ट्रिय अन्र्तराष्ट्रिय महत्व राख्ने पुस्तक समेत राखिने नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले बताउनुभयो ।

जिल्लाका पत्रकारलाई एकसाथ समाचार सम्प्रेषणमा सहजता, आम नागरिकको पहुँच र पठन सँस्कृतिको विकासका लागि आधुनिक सूचना केन्द्र स्थापना गरिएको अध्यक्ष शिरीषको भनाई छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बागलुङका पत्रकार र पत्रकार महासंघको एकतावद्व प्रयासले महत्वपूर्ण सिर्जनात्मक कार्य भएको भन्दै खुसी व्यक्त गर्नुभयो । ‘पत्रकार महासंघले नागरिक स्तरमा अभियान चलाएर भवन निर्माण मात्रै गरेको छैन, अन्य रचनात्मक कार्य र मेहेनत प्रशंसा योग्य छ,’ प्रजिअ न्यौपानेले भन्नुभयो, ‘पत्रकारितालाई थप विशिष्टिकृत अझै बनाउन आवश्यक छ ।’

तस्बिर सौजन्यः अर्जुन कार्की

कार्यक्रममा महासंघका निर्वतमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी र राष्ट्रिय उपभोक्ता मंच बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषको अध्यक्षता, सचिव राम थापा अविरलको संचालन र कोषाध्यक्ष बिजय रानाको स्वागतमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *