कमर्शियल सहकारीको १४ औं साधारण सभा सम्पन्न

आदर्श अनलाइन, बागलुङ ।
कमर्शियल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सांसद सावित्री रानाले विभिन्न उद्देश्य राखेर स्थापना भएका सहकारीहरुले बचत तथा ऋणको मात्र कारोबार गरिरहेको समयमा कमर्शियल बहुउद्देश्यीय सहकारीले नमुना कामको थालनी गरेको बताउनुभएको थियो ।

उहाँले सहकारीले सुपथ मुल्य पसल सञ्चालनमा ल्याएर शेयर सदस्यहरुको लागि मात्र नभएर समुुदाय प्रति पनि आफ्नो भुमिका निर्वाह गरेको बताउनुभयो । रानाले सहकारीले गरेको कामको निरन्तरताको कामना समेत गर्नुभएको थियो ।

साधारण सभाको अवसरमा सर्वाेउत्कृष्ट कारोबार गर्ने विष्णु प्रसाद सापकोटा, अमुल कारोबार कर्ता कौशिला देवी पुन सहित विभिन्न विधामा उत्कृष्ट बनेका संस्थाका १ सय ७ जना शेयर सदस्यलाई सम्मान गरिएको थियो ।

साधारण सभाले संस्थाको प्रगती, आर्थिक र लेखा समितिको प्रतिवेदन पारित गरेको छ । ७ सय ३८ जना शेयर सदस्य रहेको संस्थामा ३ करोड ६८ लाख ५४ हजार ४ सय रुपैयाँ शेयर पूँजी, २ करोड ४९ लाख ११ हजार ३ सय ६५ रुपैयाँ आम्दानी, २ करोड ३४ लाख ८२ हजार ८ सय १ रुपैयाँ खर्च र १४ लाख २८ हजार ५ सय ५४ रुपैयाँ मुनाफा गरेको संस्थाका प्रबन्धक चित्र बहादुर मल्लले जानकारी दिनुभयो । सहकारीले आर्थिक वर्ष २०७६÷०७७ मा ८२ करोड ९ लाख ९८ हजार ७ सय २२ रुपैयाँ कारोबार गरेको छ ।

साधारण सभा संस्थाका अध्यक्ष हिरामणी उपाध्यायको अध्यक्षता, उपाध्यक्ष चक्र बहादुर खड्काको स्वागत र सचिव टेक बहादुर रोकाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *