देशभर २९ हजार सहकारी, ८८ हजारलाई प्रत्यक्ष रोजगारी

–सहकारीमा आवद्ध छन् ७३ लाख नागरिक
–८८ हजारलाई सहकारीद्धारा प्रत्यक्ष रोजगारी
–गण्डकी प्रदेशमा २ हजार ६ सय ७१ सहकारी

आदर्श अनलाइन,बागलुङ

देशभर सहकारीको संख्या २९ हजार ८ सय ८६ पुगेको छ ।

सहकारी विभागले सातै प्रदेश तथा स्थानीय तहसँगको सहकार्यमा अध्ययन गरी मुलुकभर रहेका सहकारी संघ/संस्थाको तथ्याङ्क सार्वजनिक गरेको छ ।

यसअघि मुलुकभर ३४ हजार ८ सय ३७ सहकारी संस्था रहेकोमा ४ हजार ९ सय ५१ संस्था अहिले घटेको सहकारी विभागका रजिष्ट्रार रजिस्टार तोकराज पाण्डेले बताउनुभयो । कतिपपय सहकारी संघसंस्था एकीकरण भएको र कतिपय निस्क्रिय भएका कारण सहकारीको संख्या घटेको पाण्डेको भनाई छ ।

विभागले सोमवार सार्वजनिक गरेको नयाँ तथ्याङ्क अनुसार हाल मुलुकमा २९ हजार ८ सय ८६ प्रारम्भिक सहकारी संस्था, २० वटा विषयगत केन्द्रीय संघ, एक राष्ट्रिय सहकारी बैंक, एक राष्ट्रिय सहकारी महासंघ, ७० वटा जिल्ला सहकारी संघ र २ सय ४१ वटा विषयगत जिल्ला सहकारी संघ क्रियाशील छन् ।

मुलुकभर रहेका २९ हजार ८ सय ८६ प्रारम्भिक सहकारी संस्था मध्ये संघीय सरकार अन्तर्गत १ सय २५, प्रदेश सरकार अन्तर्गत ६ हजार २ र स्थानीय सरकार अन्तर्गत २३ हजार ७ सय ५९ वटा सहकारी संस्था छन् ।

कुन प्रदेशमा कति सहकारी ?
प्रदेश १ मा ४ हजार ७ सय ३७
प्रदेश २ मा ४ हजार १ सय ५३
बाग्मती प्रदेशमा १० हजार ४ सय १८
गण्डकी प्रदेशमा २ हजार ६ सय ७१
लुम्बिनी प्रदेशमा ३ हजार ७ सय ५५
कर्णाली प्रदेशमा १ हजार ९ सय ६७
सुदर पश्चिम प्रदेशमा २ हजार ६०

सहकारीमा आवद्ध छन् ७३ लाख नागरिक
सहकारी संघ संस्थामा आवद्ध कूल सदस्य संख्या ७३ लाख ७ हजार ४ सय ६२ रहेका छन् । कूल सदस्य मध्ये महिला सदस्य ५६ प्रतिशत र पुरुष सदस्य ४४ प्रतिशत रहेका छन् । पुरुष सदस्य सङ्ख्याको तुलनामा महिला सदस्य सङ्ख्या १२ प्रतिशत बढी हो ।

८८ हजारलाई सहकारीद्धारा प्रत्यक्ष रोजगारी
मुलुकभरी रहेका सहकारीमा कूल शेयर पूँजी ९४ अर्ब १० करोड ५० लाख १५ हजार ८ सय ३ रहेको छ । त्यसैगरी, बचत संकलन ४ खर्ब ७७ अर्ब ९६ करोड ११ लाख ४६ हजार ४ सय ७३ र कूल ऋण लगानी ४ खर्ब २६ अर्ब २६ करोड २३ लाख ११ हजार ३ सय ८१ रहेको पाइएको छ । सहकारी संघसंस्थाले मुलुकभर ८८ हजार ३ सय ९ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *