जनमोर्चाको बरेङ र ढोरपाटनमा संगठनात्मक अभियान

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय जनमोर्चा बागलुङले जिल्लाका विभिन्न स्थानमा संगठनात्मक अभियान चलाएको छ ।

‘विघटित प्रतिनिधि सभा पुर्नस्थापना गर, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं’ संघीयता र भ्रष्टाचार विरुद्ध संघर्ष गरौं ।’ भन्ने मुल नाराका साथ सञ्चालित विशेष संगठनात्मक अन्तरगत सोमबार धुल्लुबास्कोट र खुङ्गामा सम्पन्न गरेको छ ।

टोली नम्बर १ ले बरेङ गाउँपालिका वडा नम्बर १ को लिउवामा वडा प्रशिक्षण भेला सम्पन्न गरेको छ । कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगानाले सम्बोधन गर्दै देश संकटमा पर्न थालेको बताउनुभयो ।

उहाँ नेपाली जनताले कुनै पनि निरङकुशता स्वीकार नगरेको ईतिहास स्मरण गर्दै प्रधानमन्त्री ओली असंवैधानिक कदमबाट निरङ्कुश बन्न खोजेको भन्दै यसको अन्त्यका लागि संघर्ष गर्नु पर्ने समय आएको बताउनुभयो ।

कार्यक्रममा जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका पुर्व केन्द्रीय अध्यक्ष तिलक थापा, अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय सल्लाहकार नर बहादुर पुन, राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्ण पौडेल, राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य तथा बरेङ गाउँ समितिका अध्यक्ष हिरा बहादुर थापाले मन्तव्य राखेका थिए ।

कार्यक्रम वडा समितिका अध्यक्ष सकस बहादुर क्षेत्रीको अध्यक्षता, हिरा बहादुर पुनको सञ्चालन र गुणनिधी आचार्यको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।

त्यस्तै टोली नम्बर ३ ले ढोरपाटन नगरपालिकाको वडा नम्बर ४ खुङ्गाको धाईबाङमा वडा प्रशिक्षण भेला सम्पन्न गरेको छ ।

कार्यक्रमका राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारीले सम्बोधन गरेका छन् । कार्यक्रम वडा समितिका अध्यक्ष खडक बहादुर कुँवरको अध्यक्षता, ईन्द्रमान छन्त्यालको स्वागत र कुल बहादुर छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *