पञ्चकोट पुग्ने पदमार्ग निर्माणको थालनी

आदर्श अनलाइन, बागलुङ
बागलुङको धर्मीक पर्यटकीय गन्तव्य पञ्चकोट पुग्नका लागि पदमार्ग निर्माण शुरु गरिएको छ । पछिल्लो समय सर्वसिद्धिधाम पञ्चकोट पुग्ने पर्यटकमा उल्लेख्य बृद्धिभएसंगै बागलुङ नगरपालिकाले पदमार्ग निर्माणको थालनी गरेको हो ।

सडकमार्ग र पदमार्ग दुबै माध्यमबाट पञ्चकोट पु¥याउनका लागि शुक्रबारदेखि पदमार्ग निर्माणको थालनी गरिएको हो । पदमार्गको शुक्रबार बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले शिलान्यास गर्नुभएको हो । शिलान्यास पछि बोल्दै नगर प्रमुख पौडेलले दैनिक एकहजारको हाराहारीमा पञ्चकोट पुग्ने पर्यटक लक्षित गरी पदमार्ग निर्माण थालिएको बताउनुभयो ।

बागलुङ नगरपालिका वडा नम्बर ६ सिम प्रगतिचोक देखि पञ्चकोट सम्मको पदमार्गको झण्डै ३५० मिटर पदमार्ग निर्माण शुरु भएको पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष राजु शर्माले जानकारी दिनुभयो ।

संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु.७ लाख र गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु.७ लाख ५० हजार गरी रु.१४ लाख ५० हजार लागतमा उक्त पदमार्ग निर्माण गरीने छ । पदमार्ग निर्माणपछि पदमार्गहुँदै पर्यटकीयस्थल पञ्चकोट पुग्ने पर्यटकलाई सहज हुँनेछ ।

कोरोना अघि पञ्चकोेटमा दैनिक करिब एक हजार आन्तरिक पर्यटकहरु आउने गरेको बागलुङ नगरपालिका–६ का वडा अध्यक्ष खिमराज सापकोटाले जानकारी दिनुभयो । पञ्चकोटमा अहिले झण्डै २२ करोड बराबरको भौतिक संरचना निर्माण भइसकेको छ । पञ्चकोट पुग्न पक्की सडक छ । पञ्चकोटमा गरुड शिला, शिस महल जस्ता आर्कशक शैलीमा निमाृण गरेको संरचनाले पर्यटकलाई लोभ्याउदै आएको छ । अहिले पञ्चकोटमा रु. ३२ करोड लागतमा १०८ फिट अग्लो विश्वशान्ति कलश निर्माणको काम भइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *