पर्यटकीय क्षेत्रको प्रचारमा निसीखोलाको चासो

डम्मर बुढा मगर, बागलुङ
निसीखोला गाउँपालिकाले पालिका भित्रका सबै पर्यटकीय क्षेत्रको प्रचार गर्न थालेको छ ।
गाउँपालिकाले पूर्वी रुकुम, रोल्पा, प्युठानसँग जोडिएका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रर्वद्धनका लागि पूर्वाधार निर्माण सहित अरु योजना अघि बढाएको छ । यसका लागि गुरु योजना निर्माण गर्ने तयारी समेत थालिएको छ ।

प्युठानको गौमुखी गाउँपालिका र निसीखोला गाउँपालिकाको सिमानामा पर्ने नाङ्गेको धुरी, पूर्वी रुकुम र निसीको सीमानामा अवस्थित रिगताल, वडा नम्बर ३ मा रहेको नौँ बहिनी छहरा, वडा नम्बर ५ मा रहेको कोठेभिर, वडा नम्बर ७ को नरसिंहकोट, वडा नम्बर २ को अर्नाकोट, वडा नम्बर ५ को निसेल ढोर लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रको सम्भावना पहिचान गरेर काम थालिएको हो ।

पयर्टकीय क्षेत्र नरसिंहकाेट

गाउँपालिकाले नौँ बहिनी छहरा, कोठेभिर, नाङ्गे धूरी, नरसिंहकोट, अर्नाकोट, निसेल ढोरपाटन रिगतालमा पूर्वाधार निर्माणको लागि गुरु योजना तयार पार्ने काम सुरु गरिसकेको गाउँपालिकाले जनाएको छ ।

वडा नम्बर ७ मा रहेको नरसिंहकोटमा गाउँपालिकाले डिपिआर तयार गरेर पूर्वाधार निर्माण गरिएको निसीखोला गाउँपालिका वडा अध्यक्ष तेजेन्द्र विक्रम कुँवर ‘नहकुल’ले जानकारी दिनुभयो ।

गाउँपालिका तथा केन्द्र सरकारबाट विनियोजन भएको रकमबाट नरसिंहकोटमा रेलिङ सहितको पदमार्ग निर्माण, शौचालय, धारो लगायतका पूर्वाधार निर्माण गरिएको अध्यक्ष कुवरको भनाई छ ।

पयर्टकीय क्षेत्र अर्नाकाेट

पालिका भित्र रहेका धार्मिक तथा पर्यटकीय गन्तव्य मध्ये धेरैजसो स्थान मोटरबाटोले जोडिएको र केहीमा अझै पुगेको छैन । सबै ठाउँमा सडक संजालले जोड्नका लागि गाउँपालिकाले सर्वे गरेको छ ।

गाउँपालिकाको बीच भागबाट मध्य पहाडी लोकमार्गले चिरेर रुकुम जोडिएका हुँदा धेरैजासो पर्यटकीय क्षेत्र लोक मार्गदेखि नजिक छन् । जसका कारण पर्यटक पाहुना पुग्नका लागि सहज समेत भएको स्थानीयको भनाई छ ।

नौँ बहिनी छहरा, कोठेभिर, नाङ्गे धूरी, नरसिंहकोट, अर्नाकोट, निसेल ढोरपाटन, रिग ताल लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणको लागि गुरु योजना तयार गर्र्ने काम सुरु गरिएको निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताउनुहुन्छ ।

गुरु योजना निर्माण पश्चात पालिका भित्र धेरै सम्भावना बोकेका पर्यटकीय स्थलको विकासका लागि गाउँपालिकाले प्रदेश र केन्द्र सरकारसँग सहकार्य समन्वय गर्ने अध्यक्ष पौडेल बताउँनुहुन्छ । ‘गत वर्षमा हामीले पर्यटन क्षेत्रमा धेरै लगानी ग¥यौँ, त्यही अनुसारको बजेट पनि व्यवस्थापन ग¥यौँ, यसवर्ष बजेट प्रचारका लागि भनेर कम विनियोजन भएको छ,’ अध्यक्ष पौडेलले भन्नुभयो ‘यस वर्ष हामी पालिका भित्रका सबै धार्मिक तथा पर्यटकीय क्षेत्रको पहिचान र प्रचारमा लागेका छौँ ।

पालिकाभर धेरै मनमोहक र धार्मिक आस्था बोकेका धार्मिक तथा पर्यटकीय क्षेत्र रहेकाले पर्यटकीय सम्भावना रहेको यसमा स्थानीयलाई पनि जागरुक बनाइरहेको गाउँपालिका अध्यक्ष पौडेल बताउनुहुन्छ ।

‘हामीले पालिकाका सम्भाव्यता देखिएका सबै स्थलको पहिचान, प्रचार र प्रवद्धर्नमा जुटेका छौँ, केही मात्रामा बजेट समेत छुट्याएर पूर्वाधार निर्माण पनि भएको छ,’ उहाँले भन्नुभयो ‘यी सबैको विकासका लागि पालिकाले मात्रै बजेट विनियोजन गरेर विकास गर्न सक्ने अवस्था छैन, प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरेर विकासमा लाग्ने योजनामा छौँ ।’

गाउँपालिकाले चालु आर्थिक वर्षमा पर्यटन प्रवद्र्धन तथा प्रचारका लागि पाँच लाख विनियोजन गरेको छ । प्युठानको गौमुखी गाउँपालिका र निसीखोला गाउँपालिकाको सिमानामा पर्ने नाङ्गेको धूरीमा पूर्वाधार निर्माणका लागि २० लाख विनियोजन भएको छ ।

‘यसवर्ष हामी प्रचार र पहिचान गर्नकै लागि भनेर ५ लाख मात्रै विनियोजन गरेका थियौँ, प्रदेश सरकारले नाङ्गेको धूरीलाई प्रवद्र्धन गर्नका लागि २० लाख विनियोजन गरेको छ,’ उहाँले भन्नुभयो ‘गत वर्षमा धेरै ठाउँका गन्तव्यमा पूर्वाधार निर्माण गरेका छौँ, केहीमा गर्न बाँकी छ, आगमी वर्षमा क्रमागत रुपमा विकास गर्दै जानेछौँ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *