अदालतको आदेशले पनि छुट्दैनन् विप्लव नेता ? फेरी अदालतबाटै पक्राउ

जिल्ला अदालत पसिरमै पक्राउ गर्ने क्रममा प्रहरी । तस्बिर सौजन्य : राम अविरल
आदर्श अनलाइन, बागलुङ
सरकारद्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जिल्ला नेता अदालतले रिहा गर्न आदेश दिए पनि पुनः अदालत परिसरबाटै पक्राउ परेका छन् ।

राज्य बिरुद्धको अपराध गरेको आरोपमा गत साउन ७ गते पक्राउ परेका म्याग्दी जिल्ला इन्चार्ज बिकिरण क्षेत्री र सेक्रेटरी बाबुलाल शाक्य बागलुङ जिल्ला अदालतले रिहा गर्न आदेश दिए लगत्तै बाहिरिने क्रममा अदालत परिसरबाटै पक्राउ परेका हुन् ।

जिल्ला अदालतमा धरौटी बुझाएर तारेखमा छुटेका उनीहरुलाई प्रहरीले बिहिवार दिउसो पक्राउ गरेको हो । उनीहरुलाई कहिले म्याग्दी, कहिले बागलुङ ल्याउने गरिएको छ । अदालत परिसरबाट पुनः पक्राउ गर्नुले सरकार अब सहजै उनीहरुलाई छोड्न तयार नदेखिएको प्रष्ट भएको छ । क्षत्री र शाक्यलाई दशैं अघि नै उच्च अदालत बागलुङले रिहा गर्न आदेश दिएको थियो । आदेश पालना गर्नका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीले बिहिवार उनीहरुलाई जिल्ला अदालत बागलुङ ल्याएको थियो । उनीहरु यस अघि म्याग्दी कारागार थिए ।

जिल्ला अदालत म्याग्दीले दुवै नेतालाई जनही ३५ हजार रुपैयाँ धरौटी लिएर तारेखमा छाड्न दिएको आदेश बिरुद्ध उच्च अदालत पोखराको बागलुङ ईजलासले धरौटी समेत नलिई साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।

जिल्ला अदालत बागलुङमा पनि रहेको मुद्दामा भने उनीहरुलाई जनही १० हजार धरौटी माग गरिएको थियो । धरौटी बुझाउन आएका परिवारका सदस्यलाई भेट्न समेत नदिई उनीहरुलाई फेरी पक्राउ गरिएको अधिवत्ता राम शर्माले बताउनुभयो। राज्य र प्रहरीले गरेको यो कार्य मानव अधिकारको खिलापमा भएको उहाँको भनाई छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झविन्द्र भट्टराईले पुनः पक्राउ गरिएका दुवैलाई आँफुहरुले थप घटनामा अनुसन्धानका लागी पर्वत प्रहरीलाई बुझाएको बताउनुभयो । पर्वत प्रहरीले स्याङ्जा जिल्ला पठाएको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *