तनहुँमा डेढ लाख रकम सहित सवइन्जिनियर अधिकारी अख्तियारको नियन्त्रणमा

आदर्श अनलाइन, तनहुँ
तनहुँको भानु नगरपालिका कार्यक्षेत्र भई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) अन्तर्गत कार्यरत सवइन्जिनियर सुरेन्द्र अधिकारीलाई अख्तियार दुरुपयोग आयोगले नियन्त्रणमा लिएको छ ।

अधिकारीले आफ्नो कार्यक्षेत्र भित्रको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिए वापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदन आयोगमा परेको थियो । आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले अधिकारीलाई रकम सहित पक्राउ गरेको जनाएको छ ।

सेवाग्राहीबाट एक लाख पचास हजार रुपैयाँ लिइसकेको अवस्थामा बुधबार रकमसहित भानु नगरपालिका वडा नं २ बाट नियन्त्रणमा लिइएको थियो । यसबारेमा थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *