निसीखोलामा पिकअप जीप दुर्घटना : १ जनाको मृत्यु, ७ जना घाइते

डम्मर बुढा मगर, बागलुङ
निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

बुधबार साँझ सात बजे निसीखोला गाउँपालिका वडा नम्बर २ बाहुनगाउँदेखि वडा नम्बर ३ छापखानी तर्फ जान थालेको ग ३ च २७१३ नम्बरको पिकअप जीप दुर्घटना हुँदा २६ वर्षीय कमरा रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङ सूचना अधिकारी विजय भण्डारीले जानकारी दिनुभयो ।

घाइते हुने मा वडा नम्बर ३ का ५४ वर्षीय प्रेम विक, २७ वर्षीया बिरमला विक, १ वर्षीय सुवास विक, २४ वर्षीया मनि विक, २१ वर्षीया रतना सुनार, ६ वर्षीय योजन विक र रुपन्देही देवी नगरका ५ वर्षीय सत्य लोहार रहेको भण्डारीको भनाई छ ।

घाइते सबैलाई जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *