बागलुङ नगरपालिका : घरदेखि विद्यालयसम्म स्वास्थ्य पहुँच

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाले घरदेखि विद्यालयसम्म स्वास्थ्य सेवाको पहुँच पु¥याउन अभियान थालेको छ । आधारभूत आवश्यकताको रुपमा रहेको स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका नगरवासीलाई लक्षित गरी बागलुङ नगरपालिकाले स्वास्थ्य सेवा विस्तार गरेको छ ।

स्वास्थ्य प्रति सचेतना जगाउन सके गम्भीर प्रकारका रोग लाग्नबाटै बच्न सकिने भन्दै बागलुङ नगरपालिकाले घरदेखि विद्यालय सम्म स्वास्थ्यको पहुँच पु¥याएको हो । जिल्ला सदरमुकाम रहेको नगरपालिका भित्र संघीयतासँगै गाभिएका साविकका गाविस तथा स्वाथ्य चौकीको अपायक पर्ने स्थानमा र स्वास्थ्य संस्थानै नभएको वडामा अहिले स्वास्थ्यको सहज पहुँच पु¥याइएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको १४ वटा वडा मध्ये चार वटा वडामा स्वास्थ्य संस्थानै थिएनन् भने अन्य वडामा भएका स्वास्थ्य चौकी समेत नागरिकको पायक पर्ने स्थान भन्दा बाहिर रहेका स्थानमा स्वास्थ्यको पहुँच विस्तार गरेको छ । बागलुङ नगरपालिकाले घर पायक पर्ने स्थानमा स्वास्थ्य संस्था स्थापना, घरमै पुगेर सुत्केरीको स्वास्थ्य परीक्षण देखि विद्यालयमा नर्सिङ सेवा कार्गक्रम शुरु गरेको छ ।

नगरपालिकाको पछिल्लो समय तीन स्थानमा आधारभूत स्वास्थ्य केन्द्र र तीन स्थानमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेको छ । जसमध्ये २ शहरी केन्द्रबाहेक अन्यले सेवा प्रदान गर्न थालिसकेको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिनुभयो । “नगरवासीलाई घरदेखि विद्यालय सम्म स्वास्थ्य सेवा दिन थालिएको छ” खनालले भन्नुभयो “दैलोमै स्वास्थ्य संस्था स्थापना, स्वास्थ्य सचेतना, सुत्केरी भेटघाट तथा विद्यालयमा नर्सिङ कार्यकम समेत शुरु भइसकेको छ ।”

विगतमा नगरका १४ वडा मध्ये १० वटा स्वास्थ्य चौकी र पाँच स्वास्थ्य केन्द्र रहेकोमा अहिले तीन आधारभूत स्वास्थ्य केन्द्र, तीन शहरी स्वास्थ्य केन्द्र र नगरका पाँच विद्यालयमा नर्सिङ सेवा प्रदान गरिएको छ । बागलुङ नगरपालिकाका १, २, ३ र ४ वडामा स्वास्थ्य चौकी छैनन् । बजार क्षेत्र रहेको चार वडा मध्ये २ नम्बर वडामा धौलागिरी अस्पताल रहेको र अन्य १ नम्बर वडाको रामरेखा, ३ नम्बर वडाको खहरे र ४ नम्बर वडाको कुँडुलेमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरी सेवा शुरु भइसकेको छ । यस्तै, बागलुङ नगरपालिका–८ सिगानाको बौडेचौरमा शहरी स्वास्थ्य केन्द्र स्थापना भइसकेको छ भने नगरपालिकाको ७ नम्बर वडाको तितौरे र ११ नम्बर वडाको रायडाँडा शहरी स्वास्थ्य केन्द्र स्थापना गर्ने तयारीमा रहेको बागलुङ नगरपालिकाले जनाएको छ ।

आधारभूत तथा शहरी स्वास्थ्य केन्द्रले उपचारात्मक, प्रतिकारात्मक तथा प्रर्वद्धनात्मक सेवा प्रदान गर्ने शाखा संयोजक खनालको भनाई छ । स्वास्थ्य संस्थाबाट सामान्य गर्भवती परीक्षण, पोषण शिक्षा, यौन शिक्षा, सुत्केरी तथा सामान्य औषधी सेवा प्रदान गरिने छ । सामान्य ज्वरो परीक्षणका लागि घण्टौ हिँडेर सदरमुकाम आउनुपर्ने समस्याको अन्त्य गर्ने नगरपालिकाको लक्ष्य छ ।

यसैगरी, विद्यालयमा समेत स्वास्थ्य परीक्षण, सचेतना प्रदान गर्ने उद्देश्यले नगरपालिकाका ५ विद्यालयमा विद्यालय नर्सिङ कार्यक्रम शुरु भएको छ । गत वर्ष सम्झौता भएको यस कार्यक्रम कोरोनाका कारण विद्यालय नखुल्दा शुरु हुन सकेको थिएन । स्वास्थ्य मन्त्रालयको नर्सिङ महाशाखासँगको समन्वयमा बागलुङ नगरपालिकाले पाँच विद्यालयमा नर्सिङ सेवा प्रदान गर्न थालेको छ ।

विद्यालयमा आउने स्वास्थ्य समस्या, सचेतना, स्वास्थ्य शिक्षा र वातवरणीय शिक्षाका लागि विद्यालयमा नर्सिङ कार्यक्रम सुरु भएर सेवा प्रदान गरिसकेको छ । विद्यालयमा अध्ययनरत किशोरीका लागि सेनेटरी प्याडको प्रयोग लगाएको विषयमा समेत शिक्षा प्रदान गरिनेछ । पाँचवटै विद्यालयमा एक÷एक जना स्टाफ नर्स नियुक्ति भएर विद्यालयमा हाजिर भइसकेका छन्् । “सामान्य स्वास्थ्य सेवाका लागि अस्पताल धाउनु पर्ने, डाक्टरलाई घण्टौ कुर्नुपर्ने समस्याको अन्त्य भएको छ” नगपालिकाका नगर प्रमुख जनकराज पौडेलले भन्नुभयो “ठूलो रोग लागे धौलागिरी अस्पताल छँदैछ तर सामान्य रोग र समस्याका लागि अस्पताल आउन नपर्ने व्यवस्था गरेका छौं ।”

बागलुङ नगरपालिका भित्रका विद्या मन्दिर माध्यामिक विद्यालय, रुद्रेपिपल माध्यामिक विद्यालय, गणेश माध्यामिक विद्यालय, बौडेचौर माध्यामिक विद्यालय र तितौरे माध्यामिक विद्यालयमा नर्सिङ तथा स्वास्थ्य सेवा कार्यक्रम शुरु भएको हो । नर्ससहित आवश्यक औषधी र सामान्य उपकरणको व्यवस्था समेत गरिनेछ । उनिहरुले सरसफाई, प्राथमिक उपचार, कान, आँखा परिक्षण, कुपोषण भए नभएको जानकारी दिने र जनचेतना फैलाउने छन् ।

विद्यालयको भौगोलिक अवस्था, विद्यार्थीको संख्या अधिक तथा स्वास्थ्य सेवा टाढा रहेको जस्ता सूचकका आधारमा पहिलो चरणमा पाँच विद्यालय छनोट गरिएको महाशाखाको अस्पताल नर्सिङ शाखाले जनाएको छ । शाखाका अनुसार छात्रा विद्यार्थीको महिनावारी हुँदाको अवस्थामा गरिने स्वास्थ्य हेरचाहदेखि आकस्मिक दुर्घटनामा प्राथमिक उपचार सम्मको व्यवस्था नर्सले गर्नुहुनेछ ।

नेपालमा भर्खरै मात्र विद्यालयस्तरवाटै स्वास्थ्य सचेतना तथा सामान्य औषधी उपचारका लागि शुरु भएको नर्सिङ स्वास्थ्य सेवा प्रदेश नम्बर एक, दुई र तीनले केही स्थानीय तहका विद्यालयमा लागु गरिसकेका छन् । स्वास्थ्य मन्त्रालयले गण्डकी प्रदेशको बागलुङ नगरपालिकामा उक्त कार्यक्रम शुरु गरिएका हो ।

नर्सिङ स्वास्थ्य सेवाले स्वास्थ्य सेवाको पहुँचवाट टाढा रहेका विद्यार्थीहरु लाभान्वित हुने अपेक्षा गरिएको छ । उक्त कार्यक्रम मार्फत स्वस्थ रहनका लागि आवश्यक खानपान, व्यायाम, औषधी उपचार सेवा लगायतका विषयमा समेत जानकारी गराइने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *