माघदेखि तनहुँको मानुङकोटमा जग्गा किन्न पाइने

आदर्श अनलाइन, तनहुँ
तनहुँको व्यास नगरपालिकाको नगरकार्यपालिकाको बैठकले मानुङमा रोक्का गरिएको जग्गा बिक्री खुला गर्ने निर्णय गरको छ । गुरुयोजना निर्माण गर्ने उद्देश्यसहित कात्तिक २३ गतेको बैठकले पुस मसान्तसम्म जग्गा बिक्री वितरण बन्द गर्ने निर्णय भएको थियो । बैठकले न्यूनतम चार आनाभन्दा कम नहुने गरी माघ १ गतेदेखि जग्गा बिक्री खुला गर्ने निर्णय भएको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिनुभयो ।

मानुङकोट सामाजिक संजालहरुमा चर्चा भए पछि आन्तरिक पर्यटकहरुको लोकप्रिय रोजाइ बन्न सफल भएको छ । आन्तरिक पर्यटक बढ्दै गए पछि नगरपालिकाले त्यस क्षेत्रको गुरुयोजना बनाउनका लागि भन्दै जग्गा बिक्रि वितरण बन्द गरेको थियो ।

यसैगरी नगरपालिकाको ३४ औँ नगरसभा आगामी माघ २७ गते हुने भएको छ । आव २०७७।७८ को अर्धवार्षिक प्रगति समीक्षा, आर्थिक ऐन, विनियोजन ऐनमा संशोधनलगायतका आवश्यक ऐनहरु पारित गर्नका लागि नगरसभा आह्वान गरिएको हो । नगरपालिका एवं वडा कार्यालयबाट सम्पादित जनमुखी सेवालाई जवाफदेहिता गहन गर्न एवं पारदर्शी बनाउने उद्देश्यले पुस २८ गते व्यास नगरपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने निर्णय भएको छ ।

बैठकले विभिन्न वडाबाट न्यायिक समितिमा दिने उजुरी, म्याद तामेली, प्रतिउत्तर दर्ता प्रक्रिया वडामार्फत गराई न्यायिक समितिको निर्णयअनुसार सम्बन्धित वडामा मेलमिलापकार्यलाई व्यवस्थित गर्न न्यायिक समितिलाई जिम्मेवारी तोकेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *