प्रचण्ड र नेपाल कमरेडहरु विदेशी दलाल हुन्–मुख्यमन्त्री गुरुङ

डम्मर बुढा मगर, बागलुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुष्पकमल दाहाल प्रचण्ड र मादवकुमार नेपाल विदेशी दलाल भएको आरोप लगाउनु भएको छ ।

ओली पक्षको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागलुङले शुक्रबार बागलुङ बजारमा आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले प्रचण्ड र नेपाल विदेशीको पछि–पछि लाग्ने दलाल र राष्ट्रघाती भएको बताउनुभयो ।

‘भारतको विरुद्धमा, हाम्रो भूमि अतिक्रमणको विरुद्धमा सरकारले जसरी राष्ट्रियताको झण्डा उठायो, स्वधिनताको झण्डा उठायो, जसरी विदेशी शक्तिसँग झुकेन, यहि बेला अविस्वासको प्रस्ताब आएको,’ मुख्यमन्त्री गुरुङले भन्नुभयो ‘त्यस कारण राष्ट्रघाती केपी शर्मा ओलीकी विदेशी शक्तिकोपछि लाग्ने प्रचण्ड मादब नेपाल ?, म भन्नचाहान्छु प्रचण्ड कमरेड, मादब कमरेड विदेशी दलाल हुन, राष्ट्रघाती हुन्, घटना क्रमले साबित गरेको छ ।’

गुरुङले यस्ता राष्ट्रघातीकापछि जनता लागे मुलुक डुब्ने भन्दै सहि नेतृत्वको पक्षमा लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नु भयो । उहाँले आफूलाई मुख्यमन्त्रीबाट कसैले पनि हटाउन नसक्ने र उनीहरुसँग बहुमत समेत नपुग्ने बताउनुभयो ।

मुख्यमन्त्री गुरुङले गण्डकीसहित प्रदेश नम्बर १ र ३ नम्बर प्रदेश पनि कायमै रहने बताउनुभयो । यी दुबै प्रदेशमा नेपाली कांग्रेसले साथ दिनु पर्ने उहाँको तर्क छ ।

‘गण्डकी प्रदेश सरकार सुरक्षित छ, १ र ३ को प्रदेश सरकार पनि जाँदैन होला, तपाईहरुले नोट गरेर राख्नुस्, शेरबहादुर जीको नेपाली कांग्रेसले यस्तो विघटनकारीहरुलाई साथ दिदैन,’ उहाँले भन्नुभयो ‘कांग्रेसले १ नम्बरका शेरधन राईलाई र ३ नम्बरका डोरमणी पौडेललाई समर्थन गर्नु पर्छ ।’

गुरुङले प्रनिधिसभा विघटन लोकतान्त्रिक र संवैधानिक भएको दाबी गर्नु भयो । उहाँले संसद विघटन गरेर जनतामा जानु अग्रगामी भएको भन्दै यसको विरुद्धमा लाग्नेहरु प्रतिगमन तिर लागेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *