पोखरामा ट्याक्सीको ठक्करबाट एक गम्भीर घाइते

आदर्श अनलाइन, पोखरा  
पोखरामा ट्याक्सीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक व्यक्ति गम्भीर घाइते भएका छन् ।

शुक्रबार पोखरा २२ अर्चलबोटमा ग १ ज ५२८६ नं. को ट्याक्सीले ग १३ प २४१५ नं. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार पोखरा १७ बिरौटाका ५९ वर्षीय ऋषिराम बराल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका बरालको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र बाबु रेग्मीले जानकारी दिनुभयो । प्रहरीले चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *