साझेदारी बहुउदेश्यीय सहकारीकाे १३ औँ वार्षिक साधारण सम्पन्न

आदर्श अनलाइन, बागलुङ
साझेदारी बहुउदेश्यीय सहकारी संस्था लिमिटेड बागलुङको १३ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै क्षेत्रगत रुपमा आयोना गरिएको साधारणसमा शनिवार सम्पन्न भएको हो ।

साधारण सभाको उद्घटन गर्दै संस्थाका सल्लाहकार राजेन्द्र आचार्यले सहकारीले देशको समृद्धिमा महत्वपुर्ण टेवा पु¥याउने हुँदा यस तर्फ सबै लाग्नुपर्ने बताउनुभयो । उहाले सहकारीले सदस्यको सन्तुष्टिमा ध्यान दिई आर्थिक समृद्धि तर्फ जुटनुपर्ने बताउनुभयो ।

साधारण सभाले तेज प्रसाद शर्माको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । संस्थाको
उपाध्यक्षमा चुडामणी आचार्य, सचिव डिल्ली प्रसाद गौतम, कोषाध्यक्ष गणेश लम्साल, सह सचिव श्रीकृष्ण पौडेल, रहनुभएको छ । यस्तै सञ्चालकहरुमा उमाकान्त पौडेल, बाबुराम पौडेल, डिल्ली राज शर्मा, प्रमिला शर्मा, यसोधा शर्मा, नविन श्रेष्ठ र लक्ष्मी खड्का पौडेल रहनुभएको छ । लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा निलकण्ठ शर्मा, सदस्यमा भानुभक्त शर्मा र सुवर्ण सापकाटा चयन हुनुभएको छ ।

२०६४ सालमा स्थापना भएको संस्थामा ९ सय २२ शेयर सदस्य तथा ३ करोड १४ लाख शेयर पूँजी रहेको संस्थाले जनाएको छ । सहकारीले शेयर सदस्यता एवं शेयर पूँजीमा वृद्धि, बचत वृद्धि, ऋण लगानी, सामाजिक सुरक्षा कोष, सहकारी शिक्षा तथा तालिम, सामाजिक सेवा, अध्ययन एवं अवलोकन भ्रमण, सम्मान एवं पुरस्कार र कारोबारका आधारमा मुनाफा वितरण लगाएका कार्य गर्दै आएको छ ।

कार्यक्रममा संस्थाका सल्लाहकार पोट कुमरी जिसी, सल्लाहकार शिवराज पन्त, कल्याणकारी बहुउदेश्यीय सहकारीका सल्लाहकार इश्वर ठाकुर पौडेल, अध्यक्ष चुडामणी आचार्य लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो । साधारण सभाको बन्द शत्रले संस्थाका सचिव डिल्ली प्रसाद गौतम, कोषध्यक्ष गणेश लम्साल र लेखा समिति संयोजक उमाशंकर सापकोटाको आर्थिक प्रतिबेदन पारित गरेको छ । कार्यक्रम संस्थाका अध्यक्ष हरि गौतमको अध्यक्षता, उपाध्यक्ष तेज प्रसाद शर्मको स्वागत र सचिव डिल्ली प्रसाद गौतमको संचालनमा सम्पन्न भएको थियो ।

साधारण सभाको मुल समारोहमा साझेदारी बहुउदेश्यीय सहकारी संस्था र कल्लाणकारी बहुउदेश्यीय सहकारी संस्थाविच एकिकरण सम्पन्न भएको छ । दुई संस्थाले पुस ११ गते एकिकरण सहमति पत्रमा हस्तारक्षर गरेका थिए ।

बागलुङ नगरपालीकामा रहेका दुई सहकारी विच रहेको दोहोरो सदस्यताको अन्त्य गरी सहकारीमा छरिएर रहेको पूँजीलाई एकत्रित गर्दै एक सक्षम र सबल सहकारी स्थापना गरी सदस्यलाई सर्वसुलभ सेवा प्रदान गर्ने उद्देश्यका साथ दुई सहकारी विच एकिकरणको घोषणा भएको साझेदारी बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष हरि प्रसाद गौतमले बताउनुभयो । दुई संस्थाको एकिरण पश्चात उद्देश्य मिल्ने अन्य सहकारीहरुसंग पनि एकिकरण पक्रिया अगाडी बढाउने अध्यक्ष गौतमको भनाई छ ।

सझोदारी बहुउदेश्यीय सहकारी संस्थाको नामबाट संस्था संचालन हुने साझेदारी–कल्लाणकारी एकिकरण कार्यदलका संयोजक दुर्गादत्त आचार्यले बताउनुभयो । दुई सहकारीहरु बिच माघ १५ गते देखी एकिकृत कारोबार सुरु हुने छ । करोबार साझेदारी सहकारी संस्थाको कार्यालयबाट हुने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *