जिल्ला कृषि सहकारी संघको वार्षिक साधारण सभा

आदर्श अनलाइन, बागलुङ

जिल्ला कृषि सहकारी संघ बागलुङले शनिवार आठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभामा बोल्दै गण्डकी प्रदेश सांसद सावित्रा रानाले सहकारीले देशको आर्थिक बिकासमा सहयोग गरेको बताउनुभयो ।

उहाँले जिल्लामा रहेका सहकारी संस्थालाई उद्देश्य अनुरुप सञ्चालनमा ल्याउन सहकारी संघको भुमिका प्रभावकारी हुनुपर्ने बताउनुभयो । उहाँले जिल्ला कृषि सहकारीले बागलुङ जिल्लाका कृषकलाई कृषि सँगै आर्थिक पाटोलाई बलियो बनाउन भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल, राष्ट्रिय सहकारी महासंघका संचालक हुमा कुमारी जिसी (अन्जु), कृषि ज्ञानकेन्द्र बागलुका प्रमुख भानुभक्त भटराई, भेटेरिनरी अस्पताल बागलुङका निलकण्ठ शर्मा र जिल्ला कृषि सहकारी संघ बागलुङका संस्थापक अध्यक्ष मोहोनलाल शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साधारण सभामा संघका अध्यक्ष नरबहादुर थापा मगरले प्रगती प्रतिवेदन र आगामी वर्षको योजना प्रस्तुत गर्नु भएको थियो ।

साधारण सभा संघका अध्यक्ष थापा मगरको अध्यक्षता, संघका उपाध्यक्ष मणिभद्र शर्माको स्वागत मन्तव्य र सचिव गंगा बहादुर थापाको संचालनमा सम्पन्न भएको थियो ।

जिल्ला कृषि सहकारी संघमा ३८ वटा सहकारीहरु आवद रहेको सहकारीमा १ लाख ९० हजार शेयर पूँजी रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *