प्रदेशका पत्रकारको नवलपुर–ढोरपाटन यात्रा

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशका पर्यटकीय स्थलको प्रचार प्रसार र प्रर्वद्धन गर्ने अभिप्रायले नवलपुरदेखि ढोरपाटन सम्मको पर्यटन प्रर्वद्वनात्मक यात्रा गरिएको छ ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले नेपाल पर्यटन बोर्डसँगको समन्वयमा प्रदेशमा कार्यरत पत्रकारहरु सहित नवलपुर ढोरपाटन यात्रा गरेको हो ।

यात्राका क्रममा प्रदेशका पर्यटकीय स्थलहरुको अध्ययन, अवलोकन, स्थानीय सरोकारावाला, अभियन्ता र पत्रकार सँग अन्र्तक्रिया समेत गरिएको नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गणेश पौडेलले बताउनुभयो ।

अभियानका क्रममा बिहीबार नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटन पुगेको टोली शनिवार फर्किएको छ । ढोरपाटन शिकार आरक्ष कार्यालयको हलमा आरक्ष, आरक्ष क्षेत्रको सुरक्षा जिम्मेवारी लिएको नेपाली सेना, स्थानीयसँग शुक्रबार अन्र्तक्रिया समेत गरिएको थियो ।

कार्यक्रममा बोल्दै ढोरपाटन शिकार आरक्षका रेञ्जर दिपेन्द्र पोखरेलले कोरोना कहरका बीच ढोरपाटन घुम्न आउने क्रम बढेको बताउनुभयो । यद्यपि ढोरपाटनका बारेमा सडक सहज पहुँच नहुँदा केही कठिन भए पनि सडक साह्रै खराब नभएको पर्यटक पाहुनाका बीचका सही सूचना र सन्देश पु¥याउन जरुरी भएको उहाँको भनाई थियो ।

ढोरपाटन शिकार आरक्ष कार्यालयले यहाँ घुम्ने आउनेहरुको तथ्यांक पनि राख्ने गरेको छ । चालु आर्थिक वर्षमा ३ सय बढी आएको आरक्षले जनाएको छ । तर, यो तथ्यांक भन्दा धेरै ठुलो संख्यामा पर्यटक पाहुना ढोरपाटन आइरहेकाले तथ्यांकलाई चुस्त र व्यवस्थित गर्ने तर्फ आरक्ष कार्यालयले ध्यान दिनुपर्ने सुझाव सहभागीले दिएका थिए ।

कोरोना महामारीका कारण थला परेको पर्यटन क्षेत्रको प्रचार र नयाँ गन्तव्यको पहिचान र प्रर्वद्धनका नवलपुर देखि ढोरपाटन सम्मको यात्रा तय गरिएको पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले बताउनुभयो ।

‘प्रदेश राजधानी पोखरा देशकै सुन्दर सहर र गन्तव्य बनेको छ, यस भित्रकै मुस्ताङ पनि पर्यटनमा आकर्षक र स्थापित गन्तव्य हो’ प्रदेश अध्यक्ष पौडेलले भन्नुभयो, ‘यो दुई गन्तव्य सँगै ढोरपाटन यो प्रदेशको ठुलो सम्भाव्यता बोेकेको स्थल हो तर अहिले सम्म यथोचित प्रचार प्रसार, पूर्वाधार र प्रर्वद्धन अभावमा ओझेलमा जस्तो देखिन्छ, यसकारण प्रर्वद्धन गर्ने गरी अभियान थालिएको हो ।’

अभियानमा सहभागी पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले यात्रा उपलब्धीमूलक भएको बताउनुभयो । ‘हामी केबल यात्रा मात्रेै गरेनौ, यात्रारत गन्तव्य स्थलहरुको लुकेका पाटोहरुको रिर्पोटिङमा पनि साथीहरुको चासो र ध्यान केन्द्रित भएको छ’ अध्यक्ष शिरीषले भन्नुभयो ‘हाम्रो जिल्लाको पर्यटकीय सम्भावनालाई प्रदेश समितिले महत्व दिएर अभियान थालेकाले हामीले यसमा समन्वय र सहकार्य ग¥यौ, यसले ढोरपाटन लगायका पर्यटकीय क्षेत्रको थप प्रचार र प्रर्वद्धनमाा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिएका छौ ।’

समुहमा पत्रकार महासंघ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेल, महासचिव गणेश पौडेल, बागलुङका अध्यक्ष दिल शिरीष, अनलाइनखबरका गण्डकी प्रदेश प्रमुख अमृत सुवेदी, हिमालयन टिभीका बिमल तिवारी, गोरखाका राजेन्द्र न्यौपाने, पोखरा एक्सप्रेसका रामजी लम्साल र रासस धौलागिरीका राम थापा सहभागी थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *