जिज्ञासा र जिज्ञासु भावनाहरु

  • कृषिता अधिकारी (निशा)

साँच्चै मानव जाति भएपछि जिज्ञासु हुनु त स्वभाविक हो तर किन मानिस जिज्ञासु हुन्छन् त भन्ने एक प्रकारको मनमा कौतुहलता जाग्यो र यसको बारेमा मनमा उठेका आँफ्ना विचार पोख्न मन लाग्यो । किनकी मान्छेको मनमा हरेक भावनाहरु खेलिरहेका हुन्छन्, कहिलेकाही नकरात्मक भावनाहरु पनि उठिरहेका हुन्छन् । मानिस कतिखेर पनि एक्लो हुँदैन चाहे बाटोमा हिड्दा होस्, चाहे कसैसँगको वार्तालाप मानिसको मनमा भावनाहरु उत्पन्न भइरहन्छन् ।

प्रकृतिको लिला पनि अचम्मको छ, मानिस जन्म संगै विस्तारै विस्तारै शारीरिक वृद्धि हुनुका साथै मानसिक रुपमा पनि वृद्धि हुन थाल्दछ जब दुधे वालक पनि तोते स्वरमा आमा, बाबा भन्दछ तबवाटै उ आफ्नो बाबा, आमा, दाइ दिदिसंग केही न केही सिकिरहेको हुन्छ ।

हरेक वस्तु देखेर त्यो के होला, कस्तो होला भनी अनेक प्रश्नहरु गर्दछ । हामी कहिलेकाँही तीनै प्रश्नको उत्तर दिदा दिदा हैरान हुन्छौं । भनिन्छ नि जिज्ञासु भावनाले नै भोलिको भविष्य निर्माण गर्दछ रे । हाम्रो गाउँघरमा भन्ने गरिन्छ कि हुने विरुवा को चिल्लो पात नहुने विरुवाको फुस्रो पात । तिनै राम्रा अनि नराम्रा कुराहरूले नै कोहि मानिस महान बन्दछ त कोहि खराब साच्चै हरेक मनमा केही न केही भावनाहरु उत्पन्न हुने गर्छन तर वैज्ञानिक तथा सामाजिक हिसाबले किशोरावस्थालाई जिज्ञासु उमेर पनि भन्ने गरिन्छ वास्तवमा किन किशोर अवस्थालाई जिज्ञासु उमेर भनिएको होला त यो अवस्थामा के कस्ता परिवर्तन र जिज्ञासाका भावना उत्पन्न हुन्छन् यहाँनेर थोरै विश्लेषण गर्न मन लाग्यो ।

किनकि हाम्रो गाउँघरमा प्रायजसो किशोर अवस्थामा धेरै परिवर्तन देखिन्छन् । अन्य उमेर भन्दा यो उमेरमा केटाकेटीहरु बढी जिज्ञासु हुने शारीरिक विकास क्रमसँगै विभिन्न क्रियाकलापहरुमा परिवर्तन आउने गर्दछ । हुन त जिज्ञासा जुनसुकै उमेर व्यक्ति सबैको मनमा उत्पन्न भइरहन्छ उमेर अनुसार फरक फरक विचार भावना जागरित हुन्छ । फरक स्वभाव, फरक रुचि गित संगित कै कुरा गर्दा पनि केटाकेटी देखि लिएर वृद्धअवस्थाको उमेरमा फरक फरक हुन्छ । तर पनि विशेष गरी जिज्ञासु उमेरकै कुरा गर्दा बालबालिकाको उमेर परिवर्तन संगै शरिरमा तिव्र रुपमा परिवर्तनहरु देखिन थाल्दछन । बालक र बालिकाहरु बीच उमेर वृद्धि संगै शारीरिक परिवर्तनमा पनि फरकपन आउंछ । शारीरिक स्वरुपमा नै परिवर्तन आउने उमेरलाई जिज्ञासु उमेर भनिन्छ किनकि बाल्यकालबाट वयष्क हुने परिवर्तनशिल अवस्था हो ।

यो अवस्थामा किशोर तथा किशोरीको प्रजनन, मानसिक बौद्धिक आर्थिक तथा अन्य क्षेत्रमा विकास भइ उनिहरु परिपक्व हुने गर्दछन् । शारीरिक परिवर्तनहरु पनि आउने गर्दछ । हर्लक्क बढ्नु, काँध चौडा हुनु, दाह्री–जुँगा आउनु, स्वर धोद्रो हुनु, काखिमुनी रौं आउनु, डण्डिफोर आउनु तथा केटिहरुमा आउने परिवर्तन तिघ्रा सोलि आकारको हुनु, स्वर अझै सुरिलो हुनु, काखिमुनि रौं आउनु, डण्डिफोर आउँनु, महिनावारी हुनु, स्तन बढ्नु आदि शारीरिक परिवर्तन किशोरावस्थामा आउछन् । यी अवस्था त स्वभाविक भए तर यो उमेरमा किन बढि जिज्ञासु हुन्छन् त भन्ने कुरा अलि गम्भीर रुपमा लिने गरिन्छ । सही गलत निर्णय लिने यहि अवस्था हो । ज्ञानले भरिपुर्ण हुने आँफु कस्तो बन्ने असल या खराब राम्रा र नराम्रा विचार उत्पन्न हुन्छन् ।

के जिज्ञासा उमेर अनुसार परिवर्तन हुन्छन् त ? यदी त्यसो हो भने किन बालबालिका बढि जिज्ञासु हुन्छ ? कुनै विचारले यो उमेर, त्यो उमेर भन्दैन । हुनसक्छ उमेर अनुसार नयाँ नयाँ विचार जिज्ञासा आउछन । कहिले ती जिज्ञासाहरु सकारात्मक भइदिन्छन र मानिस विचारले महान भइदिन्छ । तर कहिलेकाही तिनै विचार जिज्ञासा नकारात्मक हुन्छ अनि हाम्रो मन मस्तिष्कमा गलत धारणा पैदा गर्छ । हो मानिस जन्म संगै विचार विमर्श गर्दछ अनि कोहि जिवनमा महान बन्छ त कोहि खराव तर पनि विचारले मानव भरिपूण छ । साच्चै नै जीवन अमुल्य छ जीवनमा केही गर्नु र भोलिका पुस्ताको लागि महान प्रेरक बन्नु छ । जिज्ञासा जिवनको सत्मार्ग हो किनकी महान् विचारक आज वैज्ञानिक, दार्शनिक, आध्यात्मिक बनेका छन् ।

हो, यो सव जिज्ञासाको कारण नै त म कस्तो बन्छु कुन मार्गमा हिड्छु त्यो आफै अन्तरमनमा उत्पन्न भइरहने जिज्ञासु भावनाले नै तसर्थ जिज्ञासा र जिज्ञासु भावना हरेक मन मस्तिष्कमा उत्पन्न भइरहन्छ । तर तिनै जिज्ञासाले मानिसको भविष्यमा निर्माण हुन्छ । यदि मानिसले सदा राम्रा अनि सकरात्मक विचार विमर्श गर्याे जीवन सरल र आनन्द दायक छ । सत्कर्म गरौ, सकारात्मक बनौ भन्ने यस लेखको प्रमुख आशय हो । किनकी जिज्ञासा सबैमा हुन्छ, चाहे धनी होस् या चाहे गरिब, चाहे प्रतिष्ठित, चाहे आम मानिस हरेक मानवमा जिज्ञासा र जिज्ञासु भाव उत्पन्न हुन्छ । त्यसैले त मानव प्राणी मध्ये सर्वश्रेष्ठ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *