बुर्तिबाङमा पौष २७ देखि फुटबल प्रतियोगिता हुने

आदर्श अनलाइन, बुर्तिबाङ
बुर्तिबाङमा पौष २७ गतेदेखि दोस्रो बुर्तिबाङ कप फुटबल प्रतियोगिताको हुने भएको छ । बुर्तिबाङ फुटबल क्लवले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता हुने जानकारी गराएको थियो ।

खेल उत्तरगंगा नमुना माध्यमिक विद्यालयको खेल मैदानमा हुने क्लव अध्यक्ष शमसेर विश्वकर्माले जानकारी दिनुभयो ।

प्रतियोगीता सेभेन–ए साइड हुने विश्वकर्माले जानाकारी दिनुभयो । प्रतियोगितामा बागलुङसहित छिमेकी जिल्लाका १६ समूहको सहभागिता रहेने क्लवले जानकारी गराएको छ ।

प्रतियोगितामा प्रथम हुने समूहले ५१ हजार ५१ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । द्वितीय हुनेले नगद २५ हजार २५ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

कार्यक्रममा खर्च २ लाख १३ हजार रुपैयाँ हुने खर्च अनुमान गरिएको छ । प्रतियोगिताको लागि व्यवसायी तथा स्वदेश विदेशमा रहेका व्यक्तिहरुबाट करिब ६० हजार बढी सहयोग प्राप्त भएको क्लवले जनाएको छ । फुटबल प्रतियोगिता यहि पौष २७ गतेदेखि माघ ३ गतेसम्म चल्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *