घरमै खानेपानीको धारा आउँदा दंग काठेखाेलाका धम्जावासी

खेमराज गौतम, बागलुङ

खानेपानीको समस्या सकस बेहोर्न बाध्य धम्जाका दुई सय बढि घरमा खानेपानी पु¥याइएको छ ।गण्डकी प्रदेश सरकारले तीन वर्ष अघिदेखि निर्माण शुरु गरेको खानेपानी आयोजना अन्र्तगत बागलुङ जिल्लाको काठेखाला गाउँपालिका–३ धम्जामा सञ्चालित ‘एक घर एक धारा’ अभियानका क्रममा २ सय ३४ घरमा धारा जडान गरिएको छ ।

खानेपानीको समस्या झेल्दै आएका स्थानीयलाई घरमै खानेपानीको धारा आए पछि दंग परेका छन् । खानेपानीको दुःख भएको धम्जामा घर घरमा खानेपानी पुग्दा विकासको नयाँ अनुभूति भएको धम्जा माझकटेराकी रिमाकुमारी थापाले बताउनुभयो ।

“३५ वर्ष अघि लुथ्रनले बनाएको सामुदायिक धारा थिए, पाँच÷सात वर्ष राम्रै भयो” थापाले भन्नुभयो “पछि मुहानहरु सुक्दै गए, आयोजना मर्मत भएन, खानेपानी आउनै छोड्यो, धारामा घण्टौं लाइन लाग्नुपर्ने अवस्था थियो, अहिले घरमै खानेपानीको धारा आउँदा दंग परेका छौं ।”

धम्जा खानेपानी तथा सरसफाई आयोजना अन्र्तगतका १० उप–आयोजना सम्पन्न भएको गण्डकी प्रदेश सरकार खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङले जनाएको छ । पहिला सामुदायिक धारामा घण्टौं लाइन लाग्ने गरेको, पानी भर्ने पालो नपाउँदा रित्तो गांग्री फर्कनुपर्ने अवस्था रहेकोमा अहिले घरमै खानेपानी आउँदा समयको समेत बचत भएको उपभोक्त गंगा खड्काले बताउनुभयो ।

लगातार तीन वर्षसम्म आयोजनाले काम गर्दा २ सय ३४ घरमा एक घर, एक धारा पु¥याइएको र ४० घरमा खानेपानी पु¥याउने गरी काम भइरहेको धम्जा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष चन्द्र भण्डारीले जानकारी दिनुभयो ।

“उपभोक्ता समिति मार्फत ठेक्का प्रक्रियाबाट धारा निर्माण भएको हो, धम्जाका १४ वटा मुहानबाट घर–घरमा खानेपानी पु¥याइएको छ” भण्डारीले भन्नुभयो “खानेपानी घरमै आएपछि यहाँका जनताको समय र दुःख दुबै बचत भएको छ ।” दुःखले खाँदै आइरहेको पानी पनि माटेरबाटोका कारण मुहान भासिदै गएको र मर्मत हुन नसक्दा पछिल्लो एक दशकदेखि खानेपानीको धम्जामा खानेपानीको चरम संकट थियो ।

काठेखाला गाउँपालिका वडा नम्बर ३ को साविक धम्जा गाविसको ८,९, १ ,२ का सबै घरमा खानेपानी पुगेको छ । उक्त वडामा पर्ने माझकटेरा, द्वारा, ओखले, असौजे, काउले लगायतका गाउँमा खानेपानीको सुविधा पुगेको छ । यस्तै,धम्जा साविक गाविसको ५, ६,७ र ४ मा खानेपानीको पहुँच पु¥याउन बाँकी छ ।

धम्जामा ६ करोड ५ लाख ७६ हजार रुपैयाँको लागतमा २ सय ४३ घरमा खानेपानी पु¥याएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङका इञ्जिनियर इश्वरीप्रसाद शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार १४ मुलको पानी १० उप–आयोजनामा विभाजन गरी घर–घरमा खानेपानी पु¥याइएको हो । खानेपानी जीवनज्योती निर्माण सेवा र बास्तोला निर्माण सेवाले ठेक्का मार्फ खानेपानी आयोजना निर्माण गरेको थियो । मिटर जडित खानेपानी धाराले पानीको समेत बचत गर्नेछ ।

इञ्जिनियर शर्माका अनुसार ११ वटा पानी संकलन गर्न पाँच हजार देखि ३० हजार लिटर क्षमताको ट्याङ्की, ८ किलोमिटर मुख्य पाइप लाइन तथा २२ किलोमिटर वितरण लाइन मार्फत घरघरमा खानेपानी पु¥याइएको हो । निर्माण गर्न थालिएका बाँकी ४० धारा आगामी असार मसान्त सम्म सकिनेछ । हालसम्म उक्त आयोजनाले धम्जाका दुई हजार जनसंख्यालाई प्रत्यक्ष लाभान्वित गराउँदै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *