डेंगु, संशय र सजगता

पछिल्लो समय डेंगु संक्रमणको जगजगी छ । देशका धेरै ठाउँमा नागरिक डेंगुको संक्रमणबाट प्रभावित भएका छन् । यो ठुला शहर र तराईमा मात्र होइन, पहाडी जिल्लाहरुमा समेत देखिन थालेको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा अहिले डेंगुको प्रकोप फैलिएको छ । जहाँ १० जना ट्राफिक प्रहरी सहित ४ सय ३९ जनामा भाइरल संक्रमण डेंगू देखिएको छ । यो संक्रमण उपचार गर्न खटिएका अस्पतालका डाक्टर र नर्समा समेत देखिएको छ । बिगतमा बर्ड फ्लु पोखरामा देखिए सँगै बागलुङ, पर्वत लगायतका जिल्लामा फैलिएको थियो । अब डेंगु पनि त्यसैगरी जिल्ला भित्रिने जोखिम तिव्र देखिएको छ । डेंगु लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग र ज्वरो हो । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ ।
डेंगु कसरी लाग्छ ? आजको समयमा यसबारे चासो राखेर आवश्यकता सजगताका लागि तयारी अवस्थामा राख्नुपर्ने मुख्य चुनौति छ । लामखुट्टेले स–साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ । खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यस्ले फुल पार्दछ । डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीब्र भाइरल संक्रमण हो । यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ । औलो उत्पन्न गर्ने लामुखट्टे फोहोर पानीमा पाइने भए पनि डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ । डेंगु रोग क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोमगरी तिन प्रकारका छन । क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो । यो आफंै निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ । तर यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु साक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु हुन सक्छ ।

हामी रोग लागेपछि मात्र उपचार गर्नमा उद्धत छौ । तर रोग लाग्नु भन्दा अघिको सजगतामा धेरै कम ख्याल गर्छौ । डेंगुको पछिल्लो प्रकोप र यसबारेको हाम्रो सचेतता पनि त्यही अवस्थामा देखिन्छ । नयाँ नयाँ जिल्ला र भु–भागमा समेत डेंगुको संक्रमण देखिने र यसले ठुलो प्रकोपको रुप लिन थालेको घटनाले बागलुङ जस्तो पहाडी जिल्लाका शहरहरुमा पनि खतराको संकेत स्वभाविक गरेको छ । जसका कारण सर्वत्र डेंगुका बारेमा सशंय पैदा भएको छ । नयाँ जस्तो लाग्ने डेंगुका बारेमा धेरै बेखवर छन् । यो रोग लाग्नुको कारण, लक्षण, बच्ने उपायका बारेमा यथेष्ट छलफल, सचेतनाको अभाव देखिन्छ । सरोकारवालाले यस्तो संवेदनशिल बिषयमा समयमै आवश्यक पहल र सजगताका लागि कदम चाल्नुपर्ने खाँचो छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *