कोरोना संक्रमितको शव एम्बुलेन्समा,काँग्रेसले गरायो ध्यानाकर्षण

आदर्श अनलाइन,बागलुङ

नेपाली काँग्रेस बागलुङले बिरामी बोक्ने एम्बुलेन्सले शब बोकेको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङलाई ध्यानाकर्षण गराएको छ ।

नेपाली काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य किरण पौडेल, बागलुङ जिल्ला पार्टी सभापति दिपेन्द्र थापा नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको ध्यानाकर्षण गराएको हो ।

बिरामी बोक्ने एम्बुलेन्सलाई जर्बजस्त शव बोकाउनु गम्भीर गल्ती भएको नेपाली काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य पौडेलले बताउनुभयो । बागलुङ जिल्लामा एउटा पनि शव बाहन नहुँदा कोरोना संक्रमणबाट मृत्यु भएकाहरुलाई एम्बुलेन्स लगायतका सवारीमा बोक्नुपर्ने बाध्यता छ ।

काँग्रेस जिल्ला सभापति थापाले धौलागिरी अस्पतालले कोभिड १९ का उपचारका लागि अझै पनि चुस्त व्यवस्थापन नभएको, लगातार कोरोनाका बिरामीको मृत्यु हुँदा समेत बिरामीको नाजुक अवस्थाबारे परिवारलाई अवगत नगराएकाले दुखद घटना भइरहेकाले यस्तो कमजोरी दोहोरिन नदिने तर्फ पहल गर्न आग्रह गर्नुभयो । बागलुङमा सोमबार र मंगलबार दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यस बारेमा प्रजिअ न्यौपानेले तत्काल सम्बद्ध पक्षसँग बैठक राखेर छलफल गर्ने बताउनुभयो । ‘उहाँहरुले उठाउनु भएको विषय संवेदनशील छ,’ प्रजिअ न्यौपानेले भन्नुभयो,‘यस विषयमा हामी तत्काल सरोकारवाला पक्षलाई सचेत र जिम्मेवार बनाउँछौ, र यस्ता कमजोरी दोहोरिन दिदैनौ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *