गलकोट मल्ममा तिहारे मेलाको तयारी तिव्र

थम्मन थापा, गलकोट
जिल्लाको गलकोट नगरपालिका ७ मल्मले परम्परागत तिहारे मेलाको तयारी तिव्र पारेको छ ।

नेपालीको गर्व, उज्यालो पर्व, दरम घुम्टे हामी सबका शान, खेल कला संस्कृति स्थानिय पहिचान भन्ने मुल नाराका साथ कात्तिक ६ गते देखि ९ गते सम्म विविध खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम सहित ७ औं तिहारे मेला तथा संस्थाको पाँचौं वार्षिकोत्सव आयोजना गरिएको जनहित कला केन्द्र मल्मका अध्यक्ष ज्ञानबहादुर थापाले जानकारी दिनुभयो ।

मेलामा नगद रु २५ हजार राशी पुरस्कार रहेको खुल्ला साविकको वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता, खुल्ला साविकको वडा स्तरिय पुरुष रस्साकसी प्रतियोगिता, तिहारे भाईमाला उन्ने प्रतियोगिता, खुल्ला एकल नृत्य प्रतियोगिता सञ्चालन गरिने अध्यक्ष थापाले बताउनु भयो । मेलामा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरु बहुचर्चित लोक तथा दोहोरी गायक विष्णु खत्री, बसन्त थापा, दुर्गेश थापा, कर्ण परियार, ईश्वर सिंह, राम खत्री, कुलविर थापाको सांगितिक प्रस्तुती रहने बताईएको छ । मेला अवधिर स्थानिय कला संस्कृति झल्कने नौमती बाजा, सोरठी, देउसी भैलो प्रस्तुत गरिने छ ।

स्थानिय स्तरमा जनहित कला केन्द्रले विभिन्न समयमा सामाजिक कृयाकलाप सॅगै तालिम, गोष्ठी, अन्तरकृया समेत गर्दै आईरहेको छ । मेला केन्द्रको प्राङगड मल्म गैराखर्कमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

यो पनि पढ्नुहोस्

गलकोट मल्ममा तिहारे मेलाको तयारी तिव्र

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *