ढोरपाटन–४ का वडा अध्यक्ष तिलक पुन पक्राउ

आदर्श अनलाइन, बागलुङ
ढोरपाटन नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष पक्राउ पर्नुभएको छ ।

ईलाका प्रहरी कार्यालय बुर्तिबाङले वडा अध्यक्ष तिलक पुनलाई पक्राउ गरेको हो । अदालतमा ज्यान मार्ने मुद्धा परेकाले उहाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय भण्डारीले जानकारी दिनुभयो ।

अध्यक्ष पुनलाई २०७६ कार्तिक १२ गते भएको घट्नाको विषयलाई लिएर पक्राऊ गरिएको उहाँको भनाई छ ।

गत सालमा भएको कुटपिटको घट्नालाई लिएर उहाँ लगायतका केही व्यक्ति विरुद्ध अदालतमा मुद्धा दर्ता भएकोले पक्राउ गरिएको उहाँको भनाई ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *