बाघको छाला सहित लमजुङका घले पक्राउ

आदर्श अनलाइन, लमजुङ
काठमाडौंको तारकेश्वर नगरपालिका-९ मनमैजुबाट करिब ६ फिट २ ईन्च लम्बाई र १ फिट २ ईन्च चौडाई भएको दुर्लभ बन्यजन्तु बाघको १ थान छाला सहित सोही ठाउँ बस्ने लमजुङ दुधपोखरी गाउँपालिका-२ घर भएका ५३ वर्षीय बृस राज घलेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उक्त क्षेत्रमा प्रतिबन्धित दुर्लभ बाघको छाला अबैध रुपमा किनबेच गर्नको लागि लुकाई ल्याएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा राज घलेको कोठाबाट उक्त बाघको छाला फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि जिल्ला बन कार्यालय हात्तिसार, काठमाडौं पठाईएको उक्त महाशाखाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *