गायक सपुतलाई आदर्श सम्मान र थकालीलाई सृजनशील पत्रकारिता पुरस्कार प्रदान

आदर्श अनलाइन, बागलुङ
यस वर्षको आदर्श विशेष सम्मान चर्चित गायक प्रकाश सपुतलाई प्रदान गरिएको छ । बागलुङमा सञ्चार क्षेत्रमा क्रियाशिल आदर्श सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको आदर्श विशेष सम्मान–०७७ गायक तथा सर्जक प्रकाश सपुतलाई प्रदान गरिएको छ । सहकारीको १४ औँ वार्षिक साधारणसभाका अवसरमा घोषणा गरिएको उक्त सम्मान आज एक समारोहबा बीच प्रदान गरिएको आदर्श सहकारीले जनाएको छ ।

सपुतलाई नगद रु. २५ हजार राशिसहित समारोहका प्रमुख अतिथि निर्वतमान संघीय सांसद मनकुमारी केसी तथा संस्थाका अध्यक्ष हुमाकुमारी जिसीले प्रदान गर्नुभएको छ ।

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मनुभएका गायक सुपतलाई लोगितबाट बागलुङलाई चिनाएको भन्दै सम्मान गरिएको सहकारीका अध्यक्ष हुमाकुमारी जिसीले जानकारी दिनुभयो ।

गायक सपुतका ‘बोलमाया’, ‘गलबन्दी’, ‘बदला बरीलै’, ‘दोहोरी ब्याटल’, ‘फुटेका चुरा’, लगायतका गीत लोकप्रिय छन् । उहाँ चलचित्रमा समेत डेव्यु गर्नुभएको छ । आदर्श विशेष सम्मान यसअघि राष्ट्रिय सहकारी बैंकका केन्द्रीय अध्यक्ष केवी उप्रेती र गण्डकी प्रदेशसभा सदस्य तथा राष्ट्रिय सहकारी महासङ्घका पूर्वसञ्चालक प्रभा कोइरालाई प्रदान गरिसकिएको सहकारीले जनाएको छ ।

थकालीलाई सृजनशील पत्रकारिता पुरस्कार
सिर्जनशील पत्रकारिता पुरस्कार मुस्ताङका पत्रकार सुन्दरकुमार थकालीलाई प्रदान गरिएको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १४ औं वार्षिक साधारणसभाका अवसरमा घोषणा गरेको उक्त पुरस्कार आज एक समारोहका बीच प्रदान गरिएको छ ।

आदर्श सञ्चारका सह–सम्पादक पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षत्रीले २०७१ सालमा स्थापना गरेको सिर्जनशील पत्रकारिता पुरस्कार नगद १० हजार राशीको हो । उक्त सम्मान तथा निर्वतमान संघीय सांसद मनकुमारी केसी र आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङका अध्यक्ष हुमाकुमारी जिसीले एक समारोहबा बीच प्रदान गनुृभयो । थकाली नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाको अध्यक्ष समेत हुनुहुन्छ । उहाँ अन्नपूर्ण पोष्ट, एपीवान टेलिभिजन तथा समाधान दैनिकमा कार्यरत हुनुहुन्छ ।

धौलागिरीका क्रियाशिल र सिर्जनशील पत्रकारलाई प्रदान गरिने सिर्जनशील पत्रकारिता पुरस्कार भने यसअघि सन्तोष थापा (पर्वत) दिल शिरीष (बागलुङ), सन्तोष गौतम (म्याग्दी) राम थापा, संगम घर्ति (बागलुङ)लाई प्रदान गरिएको थियो ।

समाजमा बिद्यमान भड्किलो विवाहका बिरुद्ध पत्रकारद्धय सिर्जना पन्त र सन्तोष क्षत्रीले प्रगतिशिल विवाह गरेर समाजमा सकरात्मक सन्देश प्रवाह गर्दै आफ्नो विवाह खर्चमा लाग्ने रकम ५० हजारको आदर्श सञ्चार सहकारीमा अक्ष्य कोष स्थापना गरेका थिए । उक्त कोषको ब्याजबाट आउने रकमबाट हरेक वर्ष धौलागिरीका क्रियाशील र सिर्जनशील पत्रकारलाई पुरस्कृत गरिदै आइएको छ । अहिले उक्त कोषको रकम रु. एक लाख पु¥याइएको छ ।

कार्यक्रममा बोल्दै निर्वतमान संघीय सांसद मनकुमारीले राक्ष्टका गहना कलाकार र पत्रकार भएको भन्दै उनिहरुलाई हौसला प्रदान गरिराख्नुपर्ने बताउनुभयो । जिल्लामा जन्मेर एउटा राष्ट्रको गहना बनीसकेका गायक तथा नायक प्रकाश सपुत र मुस्ताङमा कार्यरत पत्रकार थकालीलाई सम्मान गर्न पाउदा आफू खुसी भएको बताउनुभयो ।

कार्यक्रममा सम्मानीतद्वय सपुत र थकालीले सम्मानीतको तर्फबाट र पुरस्कार कोष स्थापना गर्ने सन्तोष क्षत्री, कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङ शाखाको सचिव राम थापा, जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य संघम घर्ती लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष हुमा कुमारी जिसी अन्जुको अध्यक्षता, कार्यकारी सम्पादक दिल शिरिषको सञ्चालन तथा उपाध्यक्ष अनन्त बहादुर खड्काको स्वागतमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *