स्कुटर दुर्घटना हुँदा एक पुरुष गम्भीर घाइते

आदर्श अनलाइन पोखरा
पोखरामा बिहीबार स्कुटर दुर्घटना हुँदा एक पुरुष गम्भीर घाइते भएका छन् ।

पोखरा-बागलुङ (भूपी शेरचन) राजमार्ग अन्तरगत पोखरा-२५ हेमजा स्थित सापकोटा चोकमा ग ५ प ३०७६ नं को स्कुटर दुर्घटना हुँदा स्कुटरको पछाडी सवार धादिङ घरभई पोखरा-२५  मिलनचोक बस्दै आएका ५३ वर्षीय कृष्णबहादुर बाँनिया गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका बाँनियाको पोखरा सृजनाचोक स्थित मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो । स्कुटर आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *