एनआरएनएको अध्यक्षमा नेकपा निकट पन्त बिजयी

आदर्श अनलाइन,काठमाडौँ
तिव्र बाधा, अबरोध र आलोचना बीच गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं बिश्व सम्मेलन सकिएको छ ।

सम्मेलनबाट अध्यक्षमा कुमार पन्त विजयी हुनुभएको छ । अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यलाई १ सय ३५ मतले पछि पार्दै पन्त एनआरएनएको अध्यक्षमा विजयी हुनुभएको हो । पन्तले १०९४ र आचार्यले ९५९ मत प्राप्त गर्नुभएको छ ।

निर्वाचनमा नेकपा निकटबाट कुमार पन्त र काँग्रेस निकटबाट कुल आचार्यले प्यानल नै बनाएर चुनाव लडेका थिए ।

बिहीबार राति ११ बजेदेखि मतगणना सुरु भएको थियो । बुधबार विद्युतीय मेसिनबाट मतदान गर्ने प्रक्रिया नमिलेपछि बिहीबार मतपत्रबाट मतदान भएको थियो ।

आगामी दुई वर्षको नेतृत्व चयनका लागि भएको निर्वाचनमा दुई हजार ५७० मतदाता रहेकोमा २ हजार ३४० मत खसेको थियो ।

निर्वाचित पदाधिकारीको सूची

अध्यक्ष – कुमार पन्त

उपाध्यक्ष – बद्री केसी

उपाध्यक्ष – अर्जुन कुमार श्रेष्ठ

उपाध्यक्ष – सोनम लामा

उपाध्यक्ष – मन केसी

उपाध्यक्ष – रविना थापा

महासचिव – डा. हेमराज शर्मा

सचिव- गौरी जोशी

सचिव – आरके शर्मा

कोषाध्यक्ष- महेश श्रेष्ठ

सह कोषाध्यक्ष- लोक दाहाल

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *