रोग प्रतिरोधात्मक क्षमता बढाउन कस्तो खाना खाने ?

सरोज केसी
हेल्थ असिष्टेन्ट
धौलागिरी अस्पताल,बागलुङ

स्वस्थ जीवन जीउनका लागि स्वस्थ खानेकुरा खानु अति अवाश्यक हुन्छ । हामीहरुले दैनिक धेरै प्रकारका खानेकुरा खाने गर्दछौ । तर कस्तो खानेकुरा पोषणयुक्त हुन्छ ? कस्तो हामीलाई फाइदा हुन्छ भन्ने कुरामा हामीहरु संवेदशिल भएको पाइदैन । मानिसको शरिरलाई आवश्यक पर्ने पोषण तत्व मध्ये अधिकाशं पोषण तत्व खानेकुराबाट प्राप्त हुन्छ । त्यस प्रकारले सन्तुलित भोजनमा हामीहरुले ध्यान दिनुपर्छ ।

स्वास्थ खाना खाने, सिजनेबल खाना खाने, सन्तुलित खाना खाने हो भने रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ । त्यसकारणले मौसमी फलफुल, भिटामिन सी युक्त खानेकुरा, दही, दुध, काजु, बदाम, अदुवा, बेसार, निमको पात, तुलसीको पात, दालचिनी, लसुन, ग्रीन टी आदी सेवन गर्नु फाइदाजनक हुन्छ ।

प्रायशः हामीहरुले बेसार, अदुवा पकाएको तरकारीजन्य खाने कुरामा मात्र राखेर खाने प्रचलन छ । तर छुट्टै बेसार पानी पकाएर खाने हो भने रुघा लाग्नबाट बच्न सकिन्छ । बिहान उठ्ने बित्तिकै मनतातो पानीमा १ चम्चा बेसार राखेर पिउने हो भने पाचन प्रकृयामा सुधार आउने र रुघा लाग्नबाट बँच्न सकिन्छ । मोटो मान्छेले शरीरको वजन कम गर्नका लागि पनि बेसारको प्रयोग गर्न सकिन्छ । बेसार पानीले मानिसको छालालाई पनि फाइदा पु¥याउँछ । बेसारले शरिरमा भएका विषाक्त पदार्थ बाहिर निकाल्ने र प्राकृतिक रुपमा रगतलाई सफा राख्ने समेत काम गर्दछ ।

अदुवा खादा स्वास प्रस्वासमा समस्या भएका मानिसहरुलाई फाइदाजनक हुन्छ । अदुवालाई दुखेको ठाउँमा लेप बनाएर औषधीको हिसावले प्रयोग गर्न समेत सकिन्छ । जाडो मैसममा रुघाखोकी धेरै लाग्दछ । रुघाखोकी लागेको समयमा अदुवाको रस निकालेर कागती मह मिलाएर खाने हो भने खोकी कम हुन्छ । चिया पिउँदा अदुवालाई चियामा पनि प्रयोग गर्न सकिन्छ ।

सिजनेबल फलफुलमा सुन्तला खाँदा उच्च रक्तचाप भएका मानिसहरुलाई राम्रो हुन्छ । सुन्तलाले पनि रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्दछ । छालाको सुन्दरता, कोलेस्टेरोल, कब्जियत आदी रोगका बिरामीलाई फाइदा पुग्छ ।

हरेक नेपालीको घर–घरमा तुलसीको बिरुवा पाईन्छ । तुलसी स्वास्थ्यको लागि निकै फाइदाजनक हुने भएकाले तुलसी पानी पिउन सकिन्छ । यसले गर्दा रुघाखोकी कम हुन्छ । तुलसीको पात राम्रो संग सफा गरेर चपाएर खाँदा पनि स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । मधुमेह तथा पिसाब सम्बन्धी रोग भएका मानिसहरुले तुलसीको बिजलाई पिसेर लेदो बनाउने र १ देखि ३ ग्राम दिनको दुई पटक खाँदा राम्रो हुन्छ । तुलसीको पात र बिज लेदो बनाएर काटेको घाउमा लगाउँदा पनि राम्रो हुन्छ ।

काजु, बदाम नियमित सेवन गर्दा मानिसको स्वास्थ्यमा राम्रो हुन्छ । विशेषतः मुटु रोगी, उच्च रक्तचाप, मधुमेह भएका बिरामीलाई यसले धेरै फाईदा हुन्छ । काजु, बदाममा प्राकृतिक रुपमा सोडियम कम हुन्छ र पोटासियम धेरै हुन्छ । त्यसकारणले उच्च रक्तचाप भएका मानिसहरुले प्रशोधन नगरेको बदाम काजु खाँदा राम्रो हुन्छ । चिनीको मात्र कम गरिदिने, रक्त नलीमा हुने अबरोध कम गरिदिने र रगत प्रवाह हुन सहज बनाइ दिने काम गर्दछ । तर, काजु बदाम भने दिनमा कति खाने भन्ने कुरा भने जानकारी हुनु पर्दछ । दिनमा २५ देखि ३० ग्राम काजु बदाम खानु स्वास्थ्यका लागि राम्रो हो ।

नियमित दहीको सेवन गर्दा पेट सम्बन्धी रोगबाट बँच्न सकिन्छ । दहीमा सुष्म ब्याक्टेरिया पाइन्छ । जो पाचन यन्त्रका लागि धेरै फाइदाजनक हुन्छ । तर, दही विहान वा मध्यान्हको खानामा मात्र खानु पर्दछ । सुत्ने समयमा दही खानु भनेको हानिकारक हो ।

नेपालीले ग्रीन टि प्रयोग गरेको कम मात्रमा पाइन्छ । तर, ग्रीन टि स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ । यसलाई नियमित रुपमा बिहान सेवन गर्दा तौल घटाउन समेत मद्धत गर्दछ । ग्रीन टिले पेट सफा राख्न र रगत शुद्धिकरण गर्नका लागि समेत यसको प्रयोग गरिन्छ । यसले शरिरमा रहेका रोगसँग लड्ने प्रतिरोधात्मक क्षेमता बृद्धि गर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *