मुस्ताङको थोरङ्लापासमा भीषण आगलागी

सांकेतिक तस्बिर

एसके थकाली, जोमसोम मुस्ताङको वारागुङ मुत्तिक्षेत्र-२ छेङ्गुरस्थित थोरङ्लापासको निर्जन पहाडमा भीषण आगलागी भएको छ ।

मनाङ र मुस्ताङ जोड्ने राउण्ड अन्नपूर्ण पदमार्ग नजिक शुक्रबार बिहान करिब ९ बजे आगलागी भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

बिहान स्थानीयले आगलागी भएको प्रशासनलाई जानकारी गराएपछि जिल्ला विपद व्यवस्थापन समिति मुस्ताङको समन्वयमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित स्थानीय बासिन्दाको टोलि आगो निभाउन घटनास्थलतर्फ प्रस्थान गरेको निमित्त प्रजिअ जगदिश अर्यालले जानकारी दिए।

उनका अनुसार आगलागी भएको स्थान छेङगुर र मुक्तिनाथको मानव वस्तीदेखि टाढा रहेकाले मानवीय, धनजन र भौतिक क्षति नभएको जनाइएको छ। आगलागी भएको क्षेत्र मानव वस्तीदेखि ४ घण्टा टाढा छ ।

घटनास्थलमा सुरक्षा निकाय र स्थानियबासी पुगि नसकेकाले कति क्षेत्रमा आगलागी भएको विस्तृत विवरण प्राप्त भइनसकेको निमित्त प्रजिअ अर्यालले जानकारी दिए।

हिउँदयामको माइनस डिग्री तापक्रमको चिसो मौसममा कसरी आगलागी भयो भन्ने खुलेको छैन। आगो नियन्त्रणका लागि सुरक्षा निकाय र स्थानिय गरि १ सय ५० जना जनशक्ति खटिएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *