गलकोटमा आँखा उपचार केन्द्र

आदर्श अनलाइन, बागलुङ
हिमालयन आँखा अस्पताल पोखराको समन्वय, नेपाल नेत्र ज्योती संघ बागलुङको प्राविधिक सहयोग तथा गलकोट नगरपालिकाको आयोजनामा एक कार्यक्रम गरी गलकोट आँखा उपचार केन्द्रको नगरप्रमुख भरत शर्मा गैरेले उद्घाटन गर्नुभएको छ ।

केन्द्रको उद्घाटनको अवसरमा वोल्दै गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले सुविधा सम्पन्न सहरमा प्रतिस्पर्धात्मक रुपमा व्यवसायिक तवरले अस्पताल खुलेको स्मरण गर्दै यस संस्थाले दुर दराजका जनतालाई सेवा दिने उद्देश्यले आँखा उपचार केन्द्र सञ्चालनमा ल्याउनु खुसिको कुरा रहेको भन्दै खुसि व्यक्त गर्नुभएको थियो । उहाँले स्थानिय श्रोत र साधन अनुसार यस आँखा उपचार केन्द्रलाई व्यवस्थापन गर्नुे प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।

No description available.

त्यस्तै गलकोट नगरपालिकाका नगर उपप्रमुख रेनुका काउचाले उपचार केन्द्र स्थानिय को पहुचमा पुयाउनको लागि प्रचारप्रसार गरि नागरिकको मौलिक हक तथा स्वास्थ्यवाट कुुुनै पनि नागरीक वञ्चित नहुने वताउनुभयो ।

गलकोट समाज जापानको आर्थिक सहयोगमा निर्मित भवनवाट दैनिक सेवा दिनेगरी आखा उपचार केन्द्रलाई सञ्चालनमा ल्याईएको हो । यसअघि प्रत्येक महिना को १५ र १६ गते सञ्चालन गरिदै आएको आखा शिविरमा विरामिको चाप वढिरहेको र आँखा उपचारकै लागि पोखरा काठमाडौँ जाने वाध्यतालाई मध्यनजर गरि आँखा उपचार केन्द्र सञ्चालनमा ल्याईएको गलकोट नगरपालिकाले जनाएको छ । केन्द्रमा २ जना स्वास्थ्यकर्मिद्धारा सेवा प्रवाह हुने नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा नेपाल नेत्र ज्योति गण्डकि प्रदेशका उपसभापति ध्रुव वहादुर केसि, हिमालयन आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण गुरुङ, नेत्र ज्योति संघ वागलुङका सभापति भरत पुरी, हिमालयन आँखा अस्पतालका डाईरेक्टर ईन्द्रमान महर्जन, पुर्व सभासद् क्याप्टेन पुर्ण वहादुर राना, पृथ्वि माद्यमिक विद्यालयका प्रधानाध्यापक वद्रि प्रसाद ढकाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम गलकोट नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष नारायणध्वज मल्लको अध्यक्षता, पुर्व स्याटालाईट केन्द्रका उपसभापति दिर्घदत्त लोहनिको स्वागत तथा यमकान्त सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *