तंग्राममा आदर्शको सदस्य भेटौँ : सदस्य सुनौं कार्यक्रम

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शुक्रबार तंग्राममा ‘सदस्य भेटौँ ः सदस्य सुनौं’ कार्यक्रम सम्पन्न गरेको छ ।

काठेखोला गाउँपालिका–४ तंग्राममा वडा भेलाले ९ सदस्यको उप–समिति समेत गठन गरेको छ ।
संस्थाको रणनीतिक योजना अनुसार बागलुङ जिल्लाका सबै वडामा उप–समिति गठन गरी सदस्य विस्तार अभियान गर्ने उद्देश्यले वडा स्तरीय उप–समिति गठन गरिएको हो ।

सिर्जना गुरुङ संयोजकत्वमा ९ सदस्यीय वडा स्तरीय उप–समितिमा गठन गरिएको छ । जसको सचिवमा पदम बहादुर पुन रहनु भएको छ भने सदस्यहरुमा सर्वजित पुन, हर्क पुन, डिला पुन, रुपा आले, देवी गुरुङ, याम बहादुर पुन र कुल बहादुर पुन रनुभएको छ ।

कार्यक्रममा संस्थाका संचालक खिम बहादु केसीले संस्थाको रणनीतिक योजनको बारेमा जानकारी गराउनु भएको थियो । शेयर सदस्य गिरी पुनले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा संस्थाका प्रबन्धक दिपक राज सापकोटाले संस्थाले अहिलेसम्म गरेको काम र कारोबारको बारेमा जानकारी गराउनु भएको थियोे ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *