उपल्लाचौर आधारभूत विद्यालयमा दुई कोठे भवनको शिलान्यास

आदर्श अनलाइन, बागलुङ

जिल्ला सदरमुकाम स्थित उपल्लाचौर आधारभूत विद्यालयको दुई कोठे भवनको शनिबार शिलान्यास गरिएको छ ।

भवनको शिलान्यास पछि बोल्दै बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले गुणस्तरीय शिक्षाका लागि भौतिक तथा शैक्षिक दुबै कुरा आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा तथा बागलुङ नगरपालिकाको आर्थिक सहयोगमा विद्यालय भवन निर्माण थालिएको हो । विद्यालय भवन २०७२ सालको भुकम्पले क्षती पु¥याएपनि जग्गा अभावमा भवन निर्माण हुन सकेको थिएन । अहिले विद्यालय प्राङ्गण र शौचालय भत्काएर दुई कोठे पक्की भवन निर्माण थालिएको उपल्लाचौर आधारभूत विद्यालयले जनाएको छ ।

कार्यक्रममा बागलुङ नगरपालिका–४ का वडा अध्यक्ष धुब्रबहादुर केसी, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाका प्रमुख मोतिलाल चपाई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद हुसेनको अध्यक्षता, प्रकाश शर्माको सञ्चालन तथा प्रधानध्यापक शान्ति सापकोटाको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाको रु.२३ लाख ९० हजार र बागलुङ नगरपालिकाको रु.८ लाख लागतमा दुईकोठे पक्की भवन निर्माण थालिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *