बोक्सेमा बस दुर्घटना : घाईते पोखरा रिफर, चालक फरार

आदर्श अनलाईन, बागलुङ ।
क्रिश्चियन धर्म सम्वन्धी कार्यक्रममा सहभागी भएर र्फकिएका विद्यार्थीहरु चढेको बस दुर्घटना भएको छ ।

बुर्तिवाङ देखि बागलुङ बजार आउँदै गरेको ग १ ख ५७०४ नं को यात्रुबाहक बस बिहिवार राति बागलुङ नगरपालिका–३ बोक्सेमा दुर्घटना हुँदा १४ जना घाईते भएका छन् ।

घाईते मध्ये गम्भिर दुई जनालाई फिस्टेल अस्पताल पोखरा पठाईएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकृत झविन्द्रप्रसाद भटराईले जानकारी दिनुभयो । दुर्घटनामा गम्भिर घाईते भएका बानपा ३ बस्ने वर्ष २० को सन्जय बोहरा र बानपा २ बस्ने बर्ष ३६ की सुनिता बस्याललाई थप उपचारको लागि पोखरा पठाईएको छ । अन्य घाईतेहरु धौलागिरी अञ्चल अस्पतालमा समान्य उपचारपछि घर फर्किनुभएको छ ।

दुर्घटना पछि सवारी चालक विकास विक फरार रहेको र खोजि कार्य भइरहेको उहाँले बताउँनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *