आदर्शको सिगानामा श्रद्धाञ्जली सभा

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्यका आफन्तको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

सहकारीका शेयर सदस्य तेज बहादुर जि.सी र खिम बहादुर घर्तीका ममतामयी आमा बागलुङ नगरपालिका–८ सिगाना निवासी छम कुमारी लामिछानेको निधन भएको ९ औं दिनको पुण्य तिथि पारेर आइतबार श्रद्धाञ्जली कार्यक्रम गरेको हो ।

संस्थाले शेयर सदस्य तथा सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप रु. १० हजार रकम पनि हस्तान्तरण गरेको छ । संस्थाका शेयर सदस्य भरत जिसी लगायतको उपस्थितिमा शेयर सदस्यका आफन्तको निधनमा प्रदान गरिने रकम १० हजार रुपैया शेयर सदस्यका परिवारलाई हस्तान्तरण गर्नु भएको थियो ।

संस्थाले सञ्चालन गरेको सदस्य राहत खाताबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रकम प्रदान गर्दै आएको छ ।

धौलागिरीको पहिलो सञ्चार सहकारीका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थामा हाल २ हजार ४ सय जना शेयर सदस्य, ४ करोड ८० लाख शेयर रकम, ३३ करोड बचत, २९ करोड कर्जा लगानी र कुल सम्पती ४० करोड रहेको संस्थाका प्रबन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *