लागू औषधसहित दुई युवा पक्राउ

आदर्श अनलाइन, पोखरा
पोखराबाट प्रहरीले लागू औषधसहित दुई जनालाई  पक्राउ गरेको छ ।

पोखरा-१७ हिमचुली मार्गबाट सोमबार दुई युवालाई लागूऔषधसहित वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाँके जिल्ला कोहरपुर नगरपालिका घरभई पोखरा-१७ बस्दै आएका २७ वर्षीय विशाल राना मगर र बर्दिया ठकुरद्वार नगरपालिका घरभई पोखरा-१७ बस्दै आएका २९ वर्षीय मिन रानाभाट रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता सुवास हमालले मिन रानाभाटको कोठाबाट प्रहरीले डाइजापाम १० एम्पुल, फेनरागन १० एम्पुल, नूर्फिन १० एम्पुल, मोवाइल दुई थान र नगद १८ हजार रुपैयाँ बरामद गरेको जानकारी दिनुभयो । उनीहरुमाथि लागूऔषध सम्बन्धी कसूर अन्तरगत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *