शुभेच्छा पन्त
नेपालीको हरेक घरका सदस्यहरूबीच बोलचाल कम हुन थालेको छ । मोबाइल लगायतको उपकरणलाई पश्चिमी समाजको विकास मान्ने हो भने यसले हाम्रो आत्मीयता साट्ने संस्कारलाई क्षयीकरण गर्दैछ । नेपाली समाजमा हुर्कंदै आएको पश्चिमी संस्कृतिको प्रभावले नेपाली समाजमा केही विकृति भित्रिइसकेको हँुदा यसबाट नेपाली समाजलाई बचाउन आवश्यक छ ।
नेपाल सांस्कृतिक विविधताले भरिएको देश हो । यहाँ अनेकौ मौलिक पहिचान र संस्कारहरु रहेका छन् । हामी नेपालीको पहिचान भनेकै मौलिक संस्कृति र सम्पदा नै हुन् । ती मौलिक संस्कार संस्कृतिहरु धार्मिक विधिबाट नै सम्पन्न हुन्छ । त्यसैले धर्म, संस्कार र पहिचान कहिले पनि एक अर्काबाट अलग रहन सक्दैन । समयको प्रवाहसँगै गाउँघरका परम्परा, रीतिरिवाज र संस्कार क्रमिक रुपमा बदलिँदै जाँदा पुराना मौलिक संस्कृति हराउँदै गएका छन् । संस्कृतिको जगेर्नाबाट नै हामी हाम्रो मौलिकता बचाउन सक्छाैँ ।
समय सापेक्ष आधुनिक जीवन यापन गर्नु नराम्रो कुरा होइन । तर, आधुनिकताको नाममा आफ्नो देशको मौलिकता, स्थानीय संस्कार, संस्कृति, चालचलन भुल्नु चाही अवश्य पनि राम्रो होइन । अहिले हामीहरु आफ्नो देशमा पुर्खौदेखि मनाउदैँ आएको रीतिरिवाज, लोक संस्कृति, लोक बाजा, नृत्य भुलेर अनेकौँ विदेशी चाडपर्वहरुलाई आत्मसात गरेका छौँ । अब जन्म लिने सन्ततीहरुले त झन् आफ्नो पुर्खाहरुले गाउने ती पुराना मौलिकता बोकेका लोक गीत, बाजा, नृत्यको नाम समेत सुन्न पाउदैँनन् कि भन्ने अवस्था आउन लागिसक्यो । आधुनिकतावादले गर्दा हामीलाई वैशाख १ को नयाँ वर्ष भन्दा जनवरी १ को नयाँ वर्ष महान लाग्न थाल्यो । हो, जनवरी १ मा नयाँ वर्ष मनाउनै नहुने भन्ने होइन तर आफ्नो देशको नयाँ वर्ष वैशाख १ लाई भुलेरै बस्नु हुँदैन । अहिले त वैशाख १ मा बरु कतै मेला, महोत्सव लाग्दैन । अंग्रेजी नयाँ वर्षको जनवरी १ मा हामीले मेला महोत्सवको आयोजन गरेका हुन्छौँ । यसबाट आफ्नोपन मात्र गुमेको छैन, आधुनिकतावादले चौतर्फी घेराबन्दीमा पारेको छ ।
आधुनिकतावादले गर्दा नै पनि कति ठाँउमा विकास भएको छ । तर, विकासको नाममा चाडपर्व रीतिरिवाजको विनाश गर्नु हुँदैन । आधुनिकतावादले पनि हाम्रो समाजमा सकारात्मक गतिविधिका साथसाथै नकारात्मक गतिविधि भित्राएको छ । संसार एक घर हो । यो एउटा घरमा धेरै परिवार छन् । एक परिवारको संस्कृति अर्को परिवारले पनि अवलम्बन गर्नुपर्छ । तर, आफ्नो संस्कृतिलाई छाडेर होइन, संस्कृतिका नाममा विकृति पनि भित्राउनु हुँदैन । अहिले संस्कृतिको नाममा विकृति पनि भित्रिएको छ । यसले गर्दा अर्थात् विकृतिले गर्दा संस्कृति हराउदै गएको छ । मानिसले भित्राएको विकृतिले मानव जगतमा नै असर पारेको छ । एक व्यक्तिको क्रियाकलापले अर्को व्यक्तिलाई गहिरो असरमा पारेको छ । मानव–मानव एक नै हुन् । तर पनि कता–कता आधुनिकतावादले पनि मानव जीवनमा असर पारेको देखिन्छ ।
संस्कृति मानव सभ्यताको सृष्टि हो । र विभिन्न मानव विकास गतिविधिमा अन्र्तनिहित छ । संस्कृति अनुभवको नतिजा हो । बानीको लगातार ढाँचा, अनुकूल दृष्टिकोण र मान जुन पुस्तादेखि अर्को पुस्तामा प्रसारित हुन्छ । यो समाजको एक समूहको व्यवहारको सामाजिक, आर्थिक, जैविक, जातीय मोड सँग एकीकृत छ । संस्कृति प्रभावको आधारमा, व्यक्तिहरू तिनीहरूको जीवन प्रणाली विकास गर्दछ । संस्कृति विभिन्न कला, चलन, राजनीतिक संगठन, भाषा, साहित्य र विचारहरुको विभिन्न प्रकारले प्रतिबिम्बित छ । समाजमा विकासको नाममा हुने गरेको विकृतिले विनाशको रुप लिई रहेको छ । संस्कृति र मान्यतामा ह्रास आउन नदिन हामी आफ्ना क्रियाकलापमा सचेत हुनैपर्छ । आफ्नो मौलिकता नगुमाई विदेशी भूमिमा रहेरै पनि नेपाली संस्कृतिलाई निरन्तरता दिनु अहिलेको आवश्यकता छ । तर, बिडम्बना मूल्य र मान्यतामा आएको फरकले आत्मियता भन्दा बढी आधुनिकताले समाजलाई बिकराल बनाएको छ ।
जतिसुकै हामीले क्रान्तिको कुरा गरे पनि हाम्रो परम्परा भित्र हामी सम्मिलित भएनौँ र त्यो परम्परालाई नयाँपन दिन सकेनौँ भने हाम्रो नयाँपनका लागि गरेको प्रयास फजुल हुन्छ । नेपाली संस्कृतिको विकासमा गोपालवंश, महिषपाल, किराँतकाल, लिच्छिविकाल, मल्लकालदेखि आधुनिक कालसम्म आइपुग्दा विभिन्न उतारचढाव त पक्कै पनि भयो । सामाजिक संरचना, लिच्छिवि लिपी र संस्कृत भाषा, धार्मिक सहिष्णुताको साथै विभिन्न प्रथा, चाडपर्व जस्ता प्रमुख सांस्कृतिक मूल्य र मान्यताका आधारमा नै नेपाली समाज र संस्कृतिको विकास हुँदै आएको छ । नेपाली संस्कृति लोकजीवनमा पनि आधारित छ । त्यसैले साहित्य, संगीत, कला, लोकसंस्कृतिको मूल स्रोतका रूपमा नेपाली संस्कृतिलाई लिइन्छ । हाम्रो संस्कृति धर्मसंग सम्बन्धित छ । यो आध्यात्मिक सम्पत्ति हो र मानिसहरूलाई जीवनमा सही मार्गमा हिंँड्न डो¥याउँछ । धार्मिक गतिविधिहरूले हाम्रो संस्कृति संरक्षण गर्दछ र सामाजिक एकतालाई बढाँउछ । यसले देशमा शिक्षा, सीप र कलाको विकासमा योगदान गर्दछ । आधुनिकतावादले विभिन्न कुराहरु गरेको छ । जस्तैः परम्परालाई सुधार्ने दृष्टिकोण तथा प्राचीन मुल्यलाई भत्काउने मान्यता, प्रयोगको नवीनता तथा लेखनमा स्वतन्त्रताको अनिवार्यता आदि हुन् । सांस्कृतिक समारोह र उत्सव मनाउने बेलामा हामी हाम्रा आफन्त र साथीहरूलाई भेट्छौ ं। यसले हाम्रो सम्बन्धलाई नयाँ बनाउँदछ र बलियो बनाउँदछ । सानो देश भए पनि नेपालमा विविध संस्कृति छ । यसले नेपाललाई अरु देशहरुमा परिचय गराउन र नेपालको पर्यटन बृद्धि गर्न सहयोग पु¥याएको छ । पर्यटनले नेपालको अर्थतन्त्रमा विदेशी मुद्रा कमाउन योगदान पु¥याइरहेको छ । जुन बिभिन्न विकास कार्यका लागि आवश्यक छ ।
नेपाली समाजको राम्रो पक्ष भनेको आत्मीयता र अपनत्व लिने संस्कार हो । तर, आज यो संस्कार धराशायी हुँदै गएको छ । आफ्ना तथा पराई कोही नभई सबैमा आफ्नै परिवार भित्रको सदस्यझैँ माया, सम्मान र आदर गर्ने संस्कारी स्वभाव नेपाली समाजको हो । आन्मियता र अनुभवको साटासाट गर्ने संस्कार नेपाली समाजको अर्को गहना हो । नचिनेकै जो कोही भए पनि एकापसमा चिनजान गर्ने र अनुभवको साटासाट गर्ने हाम्रो संस्कार विश्वले नै नमुना मान्ने गर्दथ्यो । तर, आज नेपालीको हरेक घरका सदस्यहरूबीच बोलचाल कम हुन थालेको छ । मोबाइल लगायतको उपकरणलाई पश्चिमी समाजको विकास मान्ने हो भने यसले हाम्रो आत्मीयता साट्ने संस्कारलाई क्षयीकरण गर्दैछ । नेपाली समाजमा हुर्कंदै आएको पश्चिमी संस्कृतिको प्रभावले नेपाली समाजमा केही विकृति भित्रिइसकेको हँुदा यसबाट नेपाली समाजलाई बचाउन आवश्यक छ । नेपाली समाजको जग नै पूर्वीय दर्शन भएकाले नेपाली समाज र संस्कृतिको संरक्षण र संवद्र्धन गर्न प्रशिक्षण आवश्यक छ । यसका साथै नेपाली समाजमा पश्चिमी संस्कृतिको नाममा मौलाउँदै आएका विकृतिलाई हटाउँदै राम्रा र अनुसरणयोग्य संस्कार र संस्कृतिलाई अगाडि बढाउ्नुपर्छ ।
हाम्रो संस्कृतिको संरक्षणले राष्ट्रिय गौरव बढाउँदछ । त्यसैले विकृतिमा अल्झिएर होइन, संस्कृतिमा बाँधिएर, पर्यटकहरूलाई आकर्षित गर्न सांस्कृतिक गतिविधिहरू तयार पार्न र प्रदर्शन गर्न आवश्यक छ । आधुनिकतावादमा लागेर नयाँ कुरा सिक्नु पर्छ र यसको नकारात्मक गतिविधिलाई छोडी सकारात्मक गतिविधिको अवलम्बन गर्दै नेपालको संस्कृति, कला, धर्म, साहित्यलाई भुलेर होइन, साथमा लिएर यिनीहरुको संरक्षण गर्नुपर्छ । जनताको जागरूकता, आधुनिक विज्ञान र प्रविधिको ज्ञानले हामीलाई हाम्रो संस्कृति संरक्षण गर्न मद्दत गर्दछ । हामीले हाम्रो सांस्कृतिको संरक्षण गर्नु पर्छ जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्व राख्छ । हामी सबै मिलेर आफ्नो मौलिक संस्कृतिको संरक्षण गर्न ढिला नगरौँ ।