साझा कृषि सहकारी संस्था बागलुङले मनायाे छैटौँ स्थापना दिवस

आदर्श अनलाइन, बागलुङ
साझा कृषि सहकारी संस्था बागलुङले आफ्नो छैटौँ स्थापना दिवस मानवसेवा आश्रमलाई सहयोग गरि मनाएको छ ।

सहकारीहरु नाफामुखी मात्र होइन सेवामुखी पनि हुनुपर्छ भन्ने मान्यताका साथ सहकारीले बागलुङमा संचालित मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरि स्थापना दिवस मनाएको हो ।

आश्रमका लागि आवश्यक पर्ने चामल, तेल, नुन, आलु, दाल मसला गरि १० हजार बरावरको खाद्यान्न सहयोग गरिएको संस्थाका सचिव शिवप्रसाद आचार्यले जानकारी दिनुभयो ।

सामाग्री संस्थाको संचालक समितिका अध्यक्ष मोहन महत, उपाध्यक्ष बेलबहादुर थापा, सचिव शिवप्रसाद आचार्य लगाएत अन्य संचालक सदस्य, लेखा समितिका सदस्य र कर्मचारीहरुले आश्रमका संचालक बिपना तामाङलाई हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रम संचालक समितिका अध्यक्ष मोहन महतको अध्यक्षता, उपाध्यक्ष बेलबहादुर थापाको स्वागत र लेखा समिति सदस्य ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *