कविता: मलाई ऊ सँग तुलना नगर

सुप्रिया शर्मा

यो भन्दा त उ राम्री छ
उनी उचाइ पनि बढी
उनको लेखी त उस्ले
धेरै राम्रो पढी
अरे मेरो कमजोरीमा तिमी मलाई
होच्याउ, घच्याउ वा गाली गर
तर बिन्ती मलाई उसँग तुलना नगर ।

के आकाशमा उड्ने चरीहरुले
साँच्चै गन्तव्य भेटेका छन् त ?
के जमिनमा हिड्ने कछुवाले
प्राप्तीको आशा मेटेका छन् त ?
अरे मलाई मेरै गतिमा हिँड्दा
चाहे तिमी गाली गर
तर बिन्ती मलाई उसँग तुलना नगर ।।

के सबै फूलहरु एउटै
मौसममा फूलेका छन् त ?
के बेमौसमी फुलहरु
फूल्नै अब भुलेका छन् त ?
अरे मलाई मेरै मौसममा फुल्दा
चाहे तिमी गाली गर
तर बिन्ती मलाई अरुसँग तुलना नगर ।।।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *