मुस्ताङको उच्च लेकका चौरी बेसीमा

सुन्दरकुमार थकाली,जोमसोम

हिमाली जिल्ला मुस्ताङको उच्च लेकमा पालन गरिएका याक (चौरी) हिउँदयामसंगै बेसी स्थान्तरण गरिएको छ ।

हिमपात तथा अत्यधिक जाडो बढ्ने भएकाले मुस्ताङका पशुपालक किसानले न्यानोका लागि पशुचौपाया बस्ती नजिक ल्याएका हुन् ।

उपल्लो मुस्ताङ देखि तल्लो मुस्ताङका पशुपालकले परम्परागत पुख्यौली व्यवसायका रुपमा याकचौरी पाल्ने गर्छन् ।बर्खायामको गर्मी मौसममा उच्चलेंकको खर्कमै पालन गरिने याकचौरी हिउँदयाममा बस्ती नजिक झारिने गरन्छ । हिउँदयामको मौसममा हिमपातको जोखिम हुने भएकाले बस्ती नजिक सारिएको हो । उच्चलेंकमा हिउँदमा चरनक्षेत्रक्षेत्रको समेत अभाव हुँने र पशु रेखदेखमा समेत कठिनाई हुँने गर्छ । यसरी बेसी झारिएका याकचौरी गर्मी बढेपछि पूनः उच्चलेंकमानै पू¥याउने गरिन्छ ।

लोमान्थाङका पशुपालक किसान आङ्गेल गुरुङले २ वर्षअघिको हिमपातले उपल्लो मुस्ताङमा दर्जनौ याकचौरी खर्कमै पुरिएर मरेकाले हिउँबाट सुरक्षित राख्न याकचौरी बस्ती नजिकको चरनक्षेत्रमा स्थान्तरण गरिएको बताए ।उनले गर्मीयाममा लेंकमै पाल टहरा निर्माण गरी याकचौरी पालन गरिएको र जाडो मौसममा याकचौरी रेखदेखमा सजिलोको लागि बेसी झार्ने गरिएको बताए ।

पछिल्लो समय उपल्लो मुस्ताङका पशुपालक किसानले याकचौरीको पुख्यौली व्यवसाय अन्य व्यवसायमा रुपान्तरण गर्न लागिरहेको पशुपालक किसान गुरुङले उल्लेख गरे ।

समुन्द्री सतह देखि ४ हजार मिटर अग्लो उचाईको लेंकमा याकचौरी पालन गरिने गरिन्छ । मुस्ताङमा व्यक्तिगत तथा सामुगत रुपमा याकचौरी पालन गरिने गरिएको छ । मुस्ताङका पशुपालकले विभिन्न प्रयोजनका लागि याकचौरीको व्यवसाय गर्दैआईरहेका छन् ।

उच्चलेंकको चिसो भुगोलमा पालन गरिएका याक÷चौरीले हिमाली जटिबुटी सेवन गर्ने भएकाले यसको मासु स्वादिलो र पोषिलो हुने विश्वाश गरिएको छ । पशुपालक किसानले चौरीको दुधबाट दही,घ्यु ,छुर्पी र चिज जस्ता परिकार बनाउछन् ।याक÷चौरीको पुच्छर पुजाआजाको लागि प्रयोग हुने भएकाले महङ्गो मुल्यमा बिक्री हुने गर्छ ।

मुस्ताङका याकचौरी पालक किसान रमेश गुरुङले हिउदयाममा उच्चलेकको चरनक्षेत्रमा घाँसको अभाव हुने भएकाले बस्ती नजिकको चरनक्षेत्रमा ल्याउने गरिएको बताए ।उनले याकचौरी पालनका लागि बर्खायाममा केही सहज हुने भएपनि हिउदयामको मौसम हिमपात हुने भएकाले याकचौरी व्यवस्थापनमा चुनौती हुने गुरुङले उल्लेख गरे । हिउदयाम सुरक्षित स्थानमा व्यवस्थापन नगरे याकचौरी भोकले मर्ने उनले बताए ।

हिमाली उच्चलेंकमा पालन गरिएका जिउँदो याकचौरीको आलो रगत सेवन गर्दा दिर्घरोगीलाई उपयोगी हुने भएकाले मुस्ताङमा बर्सेनि बैशाख र श्रावण महिनामा याकचौरीको आलो रगत खाने मेला समेत लाग्ने गर्छ । याकचौरीको आलो रगत खान जिल्ला बाहिरका उल्लेख्य मानिस मुस्ताङ आउने गर्छन ।

मुस्ताङमा एउटै याकचौरीको मुल्य एक लाख देखि माथि पर्ने गर्छ ।बर्खायाममा याक चौरी रेखदेखका लागि कतिपय पशुपालक धनीहरुले गोठाला समेत खटाउने गर्छन । मुस्ताङका कुल १० प्रतिशत घरधुरीले पुख्यौली व्यवसायका रुपमा याकचौरी पालन गर्दैआईरहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *