प्रतिबन्धित नेकपा कास्कीका नेता पर्वतमा पुनः पक्राउ

सन्तोष थापा/पर्वत
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कास्की जिल्ला सेक्रेटरी सहित ४ जनालाई जिल्ला प्रहरी कार्यालय पर्वतले पुनः नियन्त्रणमा लिएको छ ।

प्रहरीले जिल्ला अदालत पर्वतको आदेशमा जनही ५ हजार धरौटीमा छुटेका नेकपा कास्की जिल्ला सेक्रेटरी रोल्पा गंगादेव गाउँपालिका २ का ४१ बर्षिय जंगबहादुर भण्डारी, नेकपा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य भोजपुर जिल्ला भोजपुर नगरपालिका १२ का २६ बर्षिय मिलन राइ, अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष गोरखा सुलिकोट गाउँपालिका ६ का २७ बर्षिय काजी गुरुङ र बागलुङ ढोरपाटन नगरपालिका ६ का नेकपा समर्थक ३१ बर्षिय महेन्द्र भण्डारीलाई कार्तिक १ गते अदालत परिसरबाटै पुन ः नियन्त्रणमा लिएको हो ।

प्रहरी हिरासतमा रहेका चारै जना नेकपाका कार्यकर्तालाई पर्वत जिल्ला अदालतले असोज २८ गते जनही ५ हजार धरौटी बुझाउने गरी रिहा गर्ने आदेश दिएको थियो । आदेश अनुरुप रकम बुझाउन नसकेपछि उनीहरु कारागार चलान भएका थिए । कार्तिक १ गते धरौटी बुझाउन अदालत गएको समयमा धरौटी बुझाइसकेपछि प्रहरीले पुनः पक्राउ गरेको हो ।

उनीहरुलाई राज्य विरुद्धको कसुर गरेको आरोप लगाउँदै जेठ २५ गते अन्नपूर्ण गाउँपालिका–११ उरी स्थित आमा समूहको भवनमा अखिल क्रान्तिकारी कास्की र पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटिको संयुक्त बैठक बसिरहरेको बेला नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय पर्वतमा पठाएको थियो ।

नियन्त्रणमा रहेका चारै जना प्रतिबन्धित नेकपाका कार्यकर्ताहरुले विना पक्राउ पुर्जी कानुनी राज्यको उपहास गरी आफुहरुलाई पटक पटक नियन्त्रणमा लिएको भन्दै विरोध गरेका थिए । अदालत परिसरमा नै पत्रकार सम्मेलन गरी उनीहरुले राज्यले गैह्रकानुनी रुपमा आफुहरुलाई पटक पटक गिरफ्तार गर्ने गरेको कास्की जिल्ला सेक्रेटरी भण्डारीले आरोप लगाए । चारै जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङ पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *