विप्लव नेतृत्वको नेकपाका दुई जिल्ला नेता पुनः पक्राउ

आदर्श अनलाइन, बागलुङ
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका दुई नेता पुनः पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङले विशेष सूचनाका आधारमा शनिबार उनीहरुलाई बानपा ७ गैरा गाउँबाट पक्राउ गरेको जनाएको छ ।

विप्लव नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्द सफल पार्न प्रचार सामग्री सहित बागलुङ नगरपालिका–७ मा रहेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले विप्लवको म्याग्दी जिल्लाका पूर्व सेक्रेटरी रहेका बागलुङ नगरपालिका–३ का ५३ वर्षीय बाबुलाल शाक्य र बागलुङ जिल्ला पूर्व इन्चार्ज रहेका पश्चिम रुकुम सानोभेरी गाउँपालिका–३ का कमानसिंह क्षेत्री (विकिरण)लाई पक्राउ गरेको प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।

अहिले पक्राउ परेका दुवै नेता यसअघि पनि पक्राउ परेर लामो समय पछि सर्वोच्चको आदेशमा रिहा भएका थिए । आइतबार म्याद थप गरेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइने उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *