बागलुङका पूर्व जिविस सभापति अन्तत : ओली पक्षमा

आदर्श अनलाइन, बागलुङ
पार्टी विभाजनसँगै प्रचण्ड–माधव पक्षमा लागेका नेकपा केन्द्रीय सदस्य लिलबहादुर थापा शनिवार केपी ओली पक्षमा लाग्नुभएको छ ।

पार्टी विभाजनपछि प्रचण्ड पक्षको बैठकमा भाग लिएर केही कार्यक्रममा समेत भाषण गर्नुभएका थापा प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओली पक्षमा खुल्नुभएको हो ।

देशको अतिक्रमित भूमिको नक्सांकन र फिर्ता ल्याउने प्रक्रिया थालेको तथा विगतमा पनि राष्ट्रियताको पक्षमा ओलीले अडान लिएकोले आफूले प्रचण्डको साथ छाडेर ओलीलाई साथ दिएको थापाले बताउनुभयो ।

उहाँले राष्ट्रवादको अडान लिएकोमा बालुवाटारमा पूर्व लडाकुहरुले ओलीलाई सलामी दिएको बताउनुभयो । बागलुङ जिल्ला विकास समितिका पूर्व सभापति समेत रहनुभएका थापा नेकपा मसाल छाडेर तत्कालिन माओवादीमा प्रवेश गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *